नेफ्स्कूनको ३८औं स्थापना दिवसमा सुपर सिइओसहित प्रदेशस्तरीय उत्कृष्ट व्यवस्थापक घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेफ्स्कूनको ३८औं स्थापना दिवसमा सुपर सिइओसहित प्रदेशस्तरीय उत्कृष्ट व्यवस्थापक घोषणा



काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले आफ्नो ३८औं स्थापना दिवसको अवसरमा ‘साकोस सुपर सिइओ’सहित सातै प्रदेशका उत्कृष्ट व्यवस्थापकहरूलाई घोषणा गरेको छ । शनिबार राजधानीमा आयोजित विशेष कार्यक्रममा सहकारी क्षेत्रको योगदान र उपलब्धि अनुसार विभिन्न संघ, संस्था तथा व्यक्तिहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।

सुपर सिइओ

यस वर्षको उत्कृष्ट व्यवस्थापक (सुपर सिइओ) पुरस्कार तिलोत्तमा–३, रुपन्देहीस्थित सामुहिक विकास साकोसका प्रमुख कार्यकारी अधिकृत देवराज ज्ञवालीलाई प्रदान गरिएको छ । पाँच वर्षदेखि व्यवस्थापन प्रमुख रहँदै आएका ज्ञवालीले नेतृत्व गरेको संस्थामा हाल १२ हजार ३५० सदस्य छन् भने संस्थाको कुल सम्पत्ति रु. ३ अर्ब ५९ करोड पुगेको छ ।

प्रदेशस्तरीय उत्कृष्ट व्यवस्थापक

  • कोशी प्रदेश: सुनसरी, इटहरी–४ स्थित महिला साकोसकी प्रमुख कार्यकारी अधिकृत जुनुसा पुरी। उनले आठ वर्षदेखि संस्थाको नेतृत्व गर्दै ८ हजार ७८८ सदस्य र रु. ७४ करोड सम्पत्ति व्यवस्थापन गर्दै आएकी छन् ।
  • मधेस प्रदेश: सप्तरी, राजविराज–४ स्थित आइडियल साकोसका विनोदकुमार साफी। १८ वर्षको सहकारी अनुभवसहित उनले १७ हजार ६८६ सदस्य र रु. १ अर्ब ५० करोड सम्पत्ति भएको संस्था सञ्चालन गरिरहेका छन् ।
  • बागमती प्रदेश: ललितपुरस्थित हाम्रो साकोसका इन्द्र घिमिरे। २७ वर्षको अनुभवसहित उनले ६ हजार ९९८ सदस्य र रु. १ अर्ब ७७ करोड सम्पत्ति व्यवस्थापन गर्दै आएका छन् ।
  • गण्डकी प्रदेश: पोखरास्थित गौरीशंकर साकोसका डम्बर सिंह बस्नेत। १८ वर्षको अनुभवसहित उनले ६ हजार ६०७ सदस्य र रु. १ अर्ब ५३ करोड सम्पत्ति भएको संस्था सञ्चालन गरिरहेका छन् ।
  • लुम्बिनी प्रदेश: प्युठानस्थित विजय फूलबारी साकोसका प्रकाश बैद्य। १९ वर्षको अनुभवसहित उनले ४ हजार ३४५ सदस्य र रु. २९ करोड सम्पत्ति व्यवस्थापन गरेका छन् ।
  • कर्णाली प्रदेश: सुर्खेतस्थित विरेन्द्रनगर साकोसका छत्रबहादुर थापा। २४ वर्षको अनुभवसहित उनले १९ हजार ३४४ सदस्य र रु. १ अर्ब ४९ करोड सम्पत्ति भएको संस्था सञ्चालन गरिरहेका छन् ।
  • सुदूरपश्चिम प्रदेश: बैतडी, दशरथचन्द–४ स्थित जगन्नाथ महिला साकोसकी दुर्गा ठगुन्ना। १५ वर्षको अनुभवसहित उनले १ हजार ५० सदस्य र रु. ३ अर्ब ७५ करोड सम्पत्ति भएको संस्था सञ्चालन गरिरहेकी छन् ।

प्रकाशित : 16 August, 2025 9:39 pm