सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा उत्साहजक वृद्धि देखिएको छ ।
यस अवधिमा ४२ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तुलनामा १.१६ ले कमी हो । अघिल्लो आर्थिक वर्ष कम्पनीले ४३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म शेयर प्रिमियम शिर्षकमा ४४ करोड ९६ लाख रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्ती कोषमा २१ करोड ७९ लाख रुपैयाँ छ । कम्पनीको रिटेण्ड अर्निङ्गमा १ अर्ब ३ करोड ९९ लाख रुपैयाँ छ।
कम्पनीको जीवन बीमा कोष ३९.०२ प्रतिशतले वृद्धि भई १९ अर्ब ८५ करोड पुगेकाे छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तमा जीवन बीमा कोषको आकार १४ अर्ब २८ करोडथियो ।
त्यस्तै कम्पनीले गत आवमा ७ अर्ब ५४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब २१ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन २१.४४ प्रतिशतले वृद्धि भएको छ।
कम्पनीले पुनर्बीमामार्फत ४१ करोड ६० लाख रुपैयाँ खर्चिएको छ । कम्पनीले अघिल्लो आवमा ३७ करोड ३५ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।
कम्पनलीको खुद बीमा शुल्क आर्जन २२.०९ प्रतिशतले वृद्धि बढेको छ । यस अवधिमा ७ अर्ब १३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ८४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीले ७२ करोड ५४ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । अघिल्लोआर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६४ करोड ५५ लाख रुपैयाँ खर्चिएको थियो ।
कम्पनीको प्रतिशेयर आम्दानी ८.५० रुपैयाँ छ भने प्रति शेयर नेटवर्थ १४८.७१ रुपैयाँ छ।





Comment