काठमाडौं । नेपालका लागि ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ ईभी ब्रान्ड चांगानको आधारिक विक्रेता एमएडब्लु वृद्धिले ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक्नोलोजी’को सर्वोत्कृष्ट संयोजन भएको इलेक्ट्रिक एसयूभी दिपल एस०५ सार्वजनिक गरेको छ । यो नयाँ प्रिमियम ईभीले नेपालको ईभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको भनाइ छ ।
नयाँ दिपल एस०५ लाई नेपालका लागि चिनियाँ राजदुत सेन सङ, चांगान अटो साउथ इस्टका प्रबन्ध निर्देशक सेन सिन्हुवा, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकारियाले सार्वजनिक गरे ।
सम्झौता नगरिएको लक्जरी
दिपल एस०५ मा दुवै ‘फ्रन्ट सिट वेलकमिङ, भेन्टिलेटेड र हिटेड’ छन् । साथै, यसमा ‘क्विन कोपाइलट सिट’ दिइएको छ जसले ‘जिरो ग्राभिटी’, ‘लेग सपोर्ट र वान टच न्याप मोड’ मार्फत यात्रामा अद्वितीय आराम दिन्छ । क्याबिनलाई ‘लक्जरियस’ बनाउन उच्च गुणस्तरको ‘लेदरेटेड अपहोल्ट्रिी’, ६४ ‘एम्बायन्ट लाइटिङ’, ‘आउटडोर स्पिकर’सहितको १४ स्पिकरयुक्त ‘स्काई सरान्ड साउन्ड सिस्टम’ दिइएको छ । साथै, लामो यात्रामा चाहिनेजति सामान बोक्न सेग्मेन्टकै सबैभन्दा ठूलो १५९ लिटरको ‘फ्रंक’ दिइएको छ ।

‘आईएफ अवार्ड–विनिङ स्टाइल’
आफ्नो ‘फ्युचरिस्टिक एस्थेटिक्स’ र ‘एरोडाइनामिक मास्टेरी’का कारण दिपल एस०५ ले युरोपको प्रतिष्ठित ‘आईएफ डिजाइन अवार्ड’ २०२५ जितेको थियो । यसको ‘ड्रयाग कोफिसेन्ट ०.२५८ सीडी’ छ जुन नेपालको एसयूभी सेग्मेन्टकै सबैभन्दा कम हो यसले पर्फर्मेन्स र सुन्दरता दुवैलाई बलियो बनाउँछ ।
तारामण्डली स्वरुपबाट प्रभावित ‘शार्क नोज फ्रन्ट’, अन्तरीक्षयानबाट प्रभावित हेडलाइट, ‘फ्रेमलेस डोर’, ‘फ्लस ह्यान्डल, स्टार फिडर एलईडी टेललाइट, लुमिनस रियर लोगो’ रहेको छ । १९०० एमएम चौडाइ र १६०० एमएम उचाइको बेजोड ‘प्रोपर्सन’ले सडकमा दमदार उपस्थिति जनाउँछ ।
‘टेक्नोलोजी’ ले भरिपूर्ण एस०५
नयाँ दिपल एस०५ मा ‘सेग्मेन्ट–एक्स्क्लुसिभ’ ‘रिमोट इन एन्ड आउट पार्किङ’को सुविधा छ जसले साँचोको प्रयोग गरेर ड्राइभरले सजिलैसँग गाडीलाई अगाडि र पछाडि सार्न सकिन्छ । यसको मद्दतबाट साँघुरो ठाउँमा सहजै पार्किङ गर्न सकिन्छ ।
साथै यसमा पछिल्लो प्रविधिको ‘एडास २.०’ रहेको छ जसमा ‘ट्राफिक जाम असिस्ट, लेन सेन्टरिङ कन्ट्रोल, फर्वाड कोलिजन वार्निङ’ लगायत १९ वटा अत्याधुनिक सुरक्षाको फिचर छन् । दिपल एस०५ मा सेग्मेन्टमै पहिलो पटक ‘अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले’ छ जसले ‘लाइभ नेभिगेसन’ दिनुका साथै अत्यावश्यक ड्राइभिङ सूचना सीधै ‘विन्डशिल्ड’मा प्रोजेक्ट गर्छ ।
१४.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको दिपल एस०५ मा ‘इन्टरनेट कनेक्टिभिटी’ रहेको छ जसको माध्यमबाट ‘स्पटिफाई, युट्युब, अमेजन म्युजिक र लाइभ नेभिगेसन’ जस्ता फिचर प्रयोग गर्न सकिन्छ । स्मार्टफोनमार्फत प्रयोगकर्ताले सजिलैसँग टाढाबाट ‘एसी कन्ट्रोल’, ‘चार्जिङ सेड्युल’ गर्न र कारलाई टाढैबाट कहाँ छ भनेर जानकारी पाउन सकिन्छ ।
‘गोल्डेन शिल्ड ब्याट्री’
दिपल एस०५ मा संसारकै ठूलो ब्याट्री निर्माता कम्पनी सीएटीएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ दिइएको छ जसको चार्जिङ साइकल ५ हजार (६ लाख किलोमिटर) को लाइफस्पान छ । साथै, ३० देखि ८० प्रतिशत चार्ज मात्र १५ मिनेटमा हुन्छ । यसबाहेक माइनस २० डिग्रीमा पनि १५ प्रतिशतभन्दा कम रेन्ज लस हुन्छ । दिपल एस०५ मा ६ किलोवाटको ‘भीटुएल’ मार्फत बाहिर उपकरणमा ‘पावर सप्लाई’ गर्न सकिन्छ ।
‘रियर ह्विल ड्राइभ’ र ५०ः५० प्रतिशतको बराबर ‘वेट डिस्ट्रिब्युसन’ले नयाँ दिपल एस०५ को ‘पर्फमेन्स’ लाई बेजोड बनाइदिन्छ । यसको ‘एनईडीसी रेन्ज’ ४७० किलोमिटर रहेको छ ।
सुरुवाती मूल्य ४८ लाख ९९ हजार रुपैयाँ
नयाँ दिपल एस०५ प्लस र म्याक्स गरी दुई भेरिएन्टमा उपलब्ध छ । प्लस भेरिएन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ तर यसको सुरुवाती मूल्य ४८ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । साथै, माथिल्लो भेरिएन्ट म्याक्सको बजार मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । हाललाई यसको सुरुवाती मूल्य ५४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।
नयाँ दिपल एस०५ ‘मुनलाइट ह्वाइट’, ‘ग्यानिमेड ग्रे’, ‘दिप स्पेस ब्ल्याक’, ‘एन्ड्रोमेडा ब्लु’ र ‘मर्करी सिल्भर‘’ गरी ५ आकर्षक रंगमा उपलब्ध छ । साथै यसको इन्टेरियर ‘ओरेन्ज’ र ‘ब्ल्याक’ गरी दुई ‘लेदेरेटेड कम्बिनेस’ मा उपलब्ध छ ।





Comment