रुपन्देहीको जनउत्थान साकोसलाई एक्सेस ब्राण्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रुपन्देहीको जनउत्थान साकोसलाई एक्सेस ब्राण्ड



एसियाली ऋण महासंघ (अक्कु) ले सञ्चालन गरेको एक्सेस ब्राण्ड यो वर्ष पनि रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले मात्र पाएको छ । संस्थाले यो बर्ष सिल्भर ब्राण्ड प्राप्त गरेको छ । गत वर्ष पनि नेपालबाट जनउत्थान सहकारी संस्थाले मात्रै एक्सेस ब्रोञ्च पाएको थियो । ब्राण्ड एक वर्षकोलागि मात्र मानिनेछ ।

अकुको प्राविधिक सहयोगमा नेफस्कूनद्वारा प्रवद्धित कार्यक्रममा यस अघि नेपालका २० भन्दा बढी सहकारी संस्था एक्सेस ब्राण्डमा सहभागि थिए । जनउत्थान सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत रनबहादुर थापाले यो वर्ष जनउत्थान साकोसले सिल्भर ब्राण्ड प्राप्त गरेको जानकारी दिए ।

३९ हजार २३७ जना सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको उक्त संस्था मूलुककै एक उत्कृष्ट संस्थाको रुपमा स्थापित भएको छ । सदस्य र समुदाय केन्द्रीय वित्तीय सेवाप्रवाह गर्दै आएको संस्थाले सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा समेत उल्लेख योगदान पुर्याएको छ ।

संस्थागत पुँजीलाई प्राथमिकतामा राखेर अगाडि बढेको संस्थामा जगेडा कोषमा मात्रै ४० करोड ४७ लाख १५ हजार पुगेको छ । त्यसैगरी असार मसान्तसम्मको विवरण अनुसार संस्थाको कूल सम्पति ४ अर्ब ४४ करोड ६४ लाख ५७ हजार रहेको प्रमुख कार्यकारी अधिकृत थापाले जानकारी दिए ।

संस्थाको सेयर पूँजी २८ करोड ४३ लाख ९४ हजार ९०० रुपैंयाँ तथा कर्जा जोखिम कोषमा १२ करोड ५० लाख ५९ हजार रहेको जनाइएको छ । ३ अर्ब ४४ करोड ९९ लाख २५ हजार बचत संकलन तथा ३ अर्ब ३३ करोड ४१ लाख ९५ हजार ऋण लगानीमा रहेको जनाएको छ । संस्थामा १० हजार ८९१ जना ऋणी सदस्य रहेका छन् । संस्थाले आर्थिक वर्ष ०८१ ०८२ मा २ करोड ५३ लाख ८८ हजार ३९६ रुपैंयाँ राज्य कोषमा योगदान गरेको जनाएको छ ।

प्रकाशित : 10 August, 2025 8:08 am