काठमाडौं । नाइमा मोविलिटी एक्स्पो एक दिन थप गरी सोमबारसम्म सञ्चालन हुने भएको छ। आयोजक नाइमाले दर्शकको उत्साहजनक उपस्थिति र प्रदर्शकको मागका आधारमा अवधि थप गर्ने निर्णय गरेको हो।
गत बुधबारदेखि सुरू भएको एक्स्पो आइतबार अन्त्य हुने तय भए पनि अब सोमबारसम्म चल्ने आयाेजकले जानकारी दिएकाे छ ।




एक्स्पोमा करिब ५० अटोमोबाइल ब्रान्ड सहभागी छन्।
चारपाङ्ग्रे गाडी तर्फ बीवाइडी, सिट्रोन, फोरथिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टास, हुन्डाई, केई, किया, लीपमोटर, एलएस अटो, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिशी, निसान, ओमोडा जेको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागन र जीकर जस्ता ब्रान्ड छन्।
दुईपाङ्ग्रे तर्फ एम्पियर, एथर, बजाज, बेनेली, सीएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, रोयल इन्फिल्ड, सेगवे नाइनबोट, सुजुकी, ट्रायम्फ, टीभीएस, अल्ट्राभायोलेट, याज्दी र जीहो रहेका छन्।
त्यस्तै, वाणिज्यिक सवारी तर्फ चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, कारी, किङलङ र सनलङ सहभागी छन्।
दर्शकलाई आकर्षित गर्न सहभागी प्रदर्शकहरूले फरक–फरक, आकर्षक र कलात्मक स्टल निर्माण गरेका छन्।





Comment