काठमाडौं । टिभिएस नेपालले नाइमा २०२५ मा नयाँ कलरका आकर्षक एनटर्क डिस्क एफआई स्कुटर सार्वजनिक गरेको छ ।
आगामी तीन दिनसम्म चल्ने यो अटो शोमा ५० भन्दा बढी स्थानीय र अन्तर्राष्ट्रिय ब्राण्डका गाडी, इलेक्ट्रिक सवारी, हाइब्रिड र वातावरणमैत्री सवारीहरु प्रदर्शन भइरहेका छन् ।
नयाँ एनटर्क डिस्क एफआई स्कुटरमा स्मार्ट प्रविधि र पर्फर्मेन्सलाई विशेष महत्व दिइएको कम्पनीले जनाएको छ । १२४.८ सीसीको ३-भल्भ फ्यूल-इन्जेक्टेड इन्जिनले यो स्कुटरलाई सहज र शक्तिशाली बनाएको छ । यसले करिब ४५ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले जनाएको छ । रिसरच शैलीबाट प्रेरित यसको आकर्षक डिजाइन र टि-आकारको एलईडी टेल ल्याम्पले नेपाली सडकमा सबैको ध्यान खिच्ने अपेक्षा गरिएको छ ।
यो नयाँ मोडलको मूल्य नेपाली बजारमा २ लाख ६२ हजार १०० निर्धारण गरिएको छ । यसमा समावेश सुविधाहरुमा स्मार्ट एक्सओनेक्ट ब्लुटूथ कनेक्सिभिटी, टर्न-बाइ-टर्न नेभिगेसन सहित पूर्ण डिजिटल मिटर, उत्कृष्ट ब्रेक नियन्त्रणका लागि अगाडि डिस्क ब्रेक, युएसबी चार्जिङ पोर्ट, र दैनिक प्रयोगमा सजिलो हुने बाहिरी फुल फिल्ड शैली, सुरक्षा र स्मार्ट फिचरहरु रहेका छन्।





Comment