काठमाडौं । एथरको बहुप्रतिक्षित विद्युतीय स्कुटर ‘रिज्टा’ नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि आधिकारिक वितरक वैद्य इनर्जीले ‘नाइमा मोबिलिटी एक्स्पो’मा यो नयाँ मोडेल सार्वजनिक गरेको हो।
हाल नेपालमा उपलब्ध ‘रिज्टा’ टप भेरिएन्ट (रिज्टा Z ३.७ kWh) हो, जसको मूल्य ३ लाख ८३ हजार ५०० रुपैयाँ तोकिएको छ। भारतमा यो मोडेल तीन भेरिएन्ट (रिज्टा S, रिज्टा Z २.९ kWh, र रिज्टा Z ३.७ kWh) मा उपलब्ध भए पनि नेपालमा अहिले टप भेरिएन्टमै बिक्री सुरु गरिएको हो।
रिज्टा Z मा ३.७ kWh क्षमताको ब्याट्री प्याक जडान गरिएको छ, जसले एक पटकको पूर्ण चार्जमा १२५ किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ। यसको टप स्पिड प्रतिघण्टा ८० किलोमिटर छ।
स्मार्ट नेभिगेसन, पार्क असिस्ट, इमरजेन्सी स्टप सिग्नल, फल-सेफ प्रणाली, र ट्र्याक्सन कन्ट्रोल जस्ता सुविधासहित यो स्कुटर ल्याइएको छ। ब्याट्रीमा ५ वर्ष वा ६० हजार किलोमिटरको वारेन्टी र मोटर तथा अन्य मेकानिकल पार्ट्समा ३ वर्ष वा ३० हजार किलोमिटरको वारेन्टी प्रदान गरिने कम्पनीले जनाएको छ।





Comment