नाइमा मार्फत अग्नि ग्रुपले ल्यायो नयाँ इलेक्ट्रिक स्कुटर ब्रान्ड बीजी, दुई मोडल उपलब्ध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

नाइमा मार्फत अग्नि ग्रुपले ल्यायो नयाँ इलेक्ट्रिक स्कुटर ब्रान्ड बीजी, दुई मोडल उपलब्ध



काठमाडौं । अग्नि ग्रुप अन्तर्गतको कम्पनी अग्नि मोटोइंक प्रालिले नाइमा मोबिलिटी एक्सपो २०२५ मा नयाँ विद्युतीय स्कुटर ब्रान्ड बिगस अर्थात बीजी ब्रान्डका इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ ।

राजधानीको भृकुटीमण्डपमा आयोजना गरिएको नाइमा नेपाल मोबिलिटी एक्सपोमा यी स्कुटर सार्वजनिक गरिनुका साथै हाल प्रदर्शनमा रहेका छन् ।

अग्नि ग्रुपले बिगस (बीजी) का दुई मोडलहरू बीजी आरयूभी ३५० र बीजी सी १२ नेपाली बजारमा सार्वजनिक गरेको हो । सहरी तथा दैनिक यात्राका लागि उच्च पर्फमेन्स दिने, सुरक्षात्मक विशेषताहरू र प्रविधिले भरिएको विद्युतीय स्कुटरहरूको नयाँ विकल्प प्रस्तुत गरेको कम्पनीको भनाइ छ ।

बीजी आरयूभी दुई भेरिएन्ट आरयूभी ३५० आईईएक्स र आरयूभी म्याक्समा उपलब्ध छ । यसको मूल्य क्रमशः २ लाख ७९ हजार ४ सय र ३ लाख २५ हजार ३ सय रहेको छ । बीजी सी १२ पनि दुई भेरिएन्ट सी १२ आईईएक्स र सी १२ म्याक्स ३.० मा उपलब्ध छन् । यी मोडलको मूल्य क्रमशः २ लाख २८ हजार ४ सय र ३ लाख ४ हजार ९ सय रुपैयाँ छ ।

बीजी आरयूभी ३५० लाई कम्पनीले इलेक्ट्रिक स्कुटरहरुको ‘बिग ब्रदर’ भनेको छ । सहरका लागि उपयुक्त र भरपर्दो विद्युतीय सवारीको रूपमा ल्याइएको बीजी आरयूभी ३५० ले राइडर युटिलिटी भेइकलको रूपमा स्कुटर र बाइक दुवैको विशेषताहरूलाई समायोजन गर्दछ । १६ इन्चको ठूलो अलोय ह्विल्स, १६० एमएमको ग्राउन्ड क्लियरेन्स, ट्युब्युलर चेसिस फ्रेम र फुल मेटल बडीसहित, यो स्कुटर मजबुती र स्टाइल दुवैमा अगाडि छ ।

१६५ एनएमको पिक टर्क, ७५ किलोमिटर प्रतिघण्टा टप स्पिड र १८ डिग्री ग्रेडेबिलिटी प्रदान गर्ने पीएमएसएम इन–ह्विल हाइपरड्राइभ मोटरको साथसाथै, क्रुज कन्ट्रोल, हिल होल्ड, विभिन्न राइडिङ मोड्स, आइपी ६७ रेटेड मोटर र ब्याट्रीजस्ता प्रविधिले यसलाई सुरक्षित र स्मार्ट बनाएको छ ।

बीजी सी१२ लाई कम्पनीले परिवारको लागि उत्कृष्ट स्मार्ट इलेक्ट्रिक स्कुटर भनेको छ । सहजता, सुरक्षा र स्टाइलको तालमेल प्रस्तुत गर्ने बीजी सी१२ ले दैनिक यात्रालाई आरामदायी बनाउने उद्देश्य राख्दछ । यसमा फराकिलो लेगरुम र सिट, साथै २३ लिटरको अन्डर–सिट स्टोरेज, १२.७ सेमी टीएफटी स्मार्ट डिस्प्ले, युएसबी चार्जिङ, राइडिङ मोड्स (इको, राइड, स्पोर्ट) र रिभर्स मोड स्विचजस्ता स्मार्ट सुविधाहरू उपलब्ध छन् । यसमा रहेको एयर–कुल्ड ब्याट्री म्यानेजमेन्ट सिस्टम, आइपी ६७ रेटेड लिथियम आयोन ब्याट्री सेल र ३ वर्षको ब्याट्री वारेन्टीले थप सुरक्षा र विश्वास सुनिश्चित गर्छ ।

विगत तीन दशक देखि अग्नि ग्रुपले नेपाली बजारमा गुणस्तरीय, नवप्रवर्तनशील र प्रविधिमैत्री सवारी साधनहरू ल्याउने प्रतिबद्धतालाई निरन्तरता दिएको बताएको छ ।

बिगसले भारतको पुणेमा रहेको उत्पादन केन्द्रबाट वार्षिक एक लाख युनिट उत्पादन गर्न सक्ने क्षमता राख्छ । बिगसले अत्याधुनिक प्रविधिका सहज, स्टाइलिस र आरामदायी स्कुटरहरू उत्पादन गर्दै आएको छ ।

प्रकाशित : 8 August, 2025 7:19 pm