क्रेटा ईभीमा १ लाख २५ हजार रुपैयाँ छुट: नाइमा मोबिलिटी एक्स्पोमा हुन्डाईको विशेष अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

क्रेटा ईभीमा १ लाख २५ हजार रुपैयाँ छुट: नाइमा मोबिलिटी एक्स्पोमा हुन्डाईको विशेष अफर



काठमाडौं । नेपालको अटो बजारमा विद्युतीय सवारीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै हुन्डाईका लागि नेपालका आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि ले क्रेटा ईभी (Creta EV) मा विशेष छुट घोषणा गरेको छ।

हाल काठमाडौंमा सञ्चालनमा रहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०८२ मा सहभागी ग्राहकहरूलाई लक्ष्मी इन्टरकन्टिनेन्टलले उपलब्ध गराएको नयाँ अफरअन्तर्गत रु. १ लाख २५ हजारसम्मको नगद छुट पाइनेछ।

दुई तहको छुट योजना
कम्पनीका अनुसार, ग्राहकले नियमित रूपमा पाइने रु. ७५ हजारको नगद छुट सँगै एक्स्पो अवधिभर लागू हुने थप रु. ५० हजारको विशेष छुट समेत पाउने छन्। यसरी, क्रेटा ईभी खरिद गर्दा ग्राहकले कूल रु. १ लाख २५ हजारको छुट प्राप्त गर्न सक्नेछन्।

क्रेटा ईभी: चार भेरियन्ट, फरक मूल्य
हुन्डाई क्रेटा ईभी बजारमा चार फरक भेरियन्टमा उपलब्ध छ:

भेरियन्ट मूल्य (रु.)
स्मार्ट ४५,९६,०००
एजुकेटिभ ५१,९६,०००
स्मार्ट (अप्सनल) ५६,९६,०००
प्रिमियम प्लस ५९,९६,०००

फिचर र प्रविधिमा उच्च स्तर
हुन्डाईले क्रेटा ईभीमा अत्याधुनिक प्रविधि र सुविधाहरू उपलब्ध गराएको छ, जसले यो मोडललाई प्रतिस्पर्धी विद्युतीय एसयूभीहरूको भीडमा अलग बनाएको छ। प्रमुख फिचरहरू यसप्रकार छन्:

एडास २.० (ADAS 2.0) सुरक्षा प्रविधि

ड्युल जोन अटोमेटिक एसी

बोसको ८ स्पीकर साउन्ड सिस्टम

वायरलेस चार्जिङ सुविधा

भ्यान्टिलेटेड सिट र मेमोरी ड्राइभिङ सिट

ठूलो पानारोमिक सनरुफ

भेहिकल टु लोड (V2L) टेक्नोलोजी

फुल साइज स्पेयर टायर, जुन धेरै प्रतिस्पर्धी मोडलहरूमा उपलब्ध छैन

दुई मोटर अप्सन, ३००+ किमी रेन्ज
क्रेटा ईभीमा दुई फरक मोटर अप्सन दिइएको छ:

९९ किलोवाट मोटर + ४२ kWh NCM ब्याट्री:
प्रयोगकर्ताका अनुसार ३०० किमीभन्दा बढीको सिंगल चार्ज रेन्ज

१२६ किलोवाट मोटर अप्सन पनि आगामी दिनमा उपलब्ध गराइने अपेक्षा

यसका साथै, वान प्याडल ड्राइभ अनुभवका लागि प्याडल सिफ्टर, र २०० मिमी ग्राउन्ड क्लियरेन्स ले यो एसयूभीलाई सहर र ग्रामीण दुवै क्षेत्रको लागि उपयुक्त बनाएको छ।

क्रेटा ईभीको डिजाईन, प्रविधि र अब थपिएको आकर्षक छुट अफरसँगै हुन्डाईले नेपाली बजारमा आफ्नो पकड अझ बलियो बनाउन खोजेको देखिन्छ। यदि तपाईं विद्युतीय एसयूभी किन्न सोचिरहनुभएको छ भने, यो नाइमा मोबिलिटी एक्स्पो २०८२ मा प्रदान गरिएको अफर समयमै उपयोग गर्न योग्य अवसर बन्न सक्छ।

प्रकाशित : 8 August, 2025 7:10 pm