नाइमा मोबिलिटी एक्सपोमा केटीएमका ६ नयाँ मोडल सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

नाइमा मोबिलिटी एक्सपोमा केटीएमका ६ नयाँ मोडल सार्वजनिक



काठमाडौं । केटीएम नेपालले ६ वटा नयाँ मोडल सार्वजनिक गरेको छ। बुधबार देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्सपोमा कम्पनीले २०२५ भर्सनका ६ नयाँ मोडल सार्वजनिक गरेको हो।

नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले यी मोडल सार्वजनिक गरेको हो । एक्सपोमा कम्पनीको स्टल डी१, हल डी रहेको छ।

कम्पनीले २०० ड्युक, २५० ड्युक, ३९० ड्युक, २५० एड्भेन्चर, ३९० एड्भेन्चर र ३९० इन्ड्युरो आरको नयाँ मोडल सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार २०० ड्युकको ५ लाख ९९ हजार ९ सय, २५० ड्युकको ७ लाख १४ हजार ९ सय, ३९० ड्युकको ९ लाख ४९ हजार ९ सय, २५० एडभेन्चरको ७ लाख ४९ हजार ९ सय, ३९० एडभेन्चरको १० लाख ७४ हजार ९ सय र ३९० एन्ड्युरो आरको मूल्य ९ लाख ९९ हजार ९ सय रुपैयाँ रहेको छ।

आक्रामक डिजाइन, प्रविधियुक्त फिचर र दमदार पर्फमेन्स सहित केटीएमका यी नयाँ मोडल सडक र अफरोड दुवैका लागि तयार भएको कम्पनीको भनाइ छ ।

प्रकाशित : 7 August, 2025 11:36 am