नाइमा मोबिलिटी एक्सपो २०२५ मा विशेष अफरसहित प्रस्तुत हुँदै प्रिमियम इलेक्ट्रिक सवारी ‘Zeekr X’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

English

नाइमा मोबिलिटी एक्सपो २०२५ मा विशेष अफरसहित प्रस्तुत हुँदै प्रिमियम इलेक्ट्रिक सवारी ‘Zeekr X’

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौँ । Pioneer Moto Corp Pvt. Ltd. ले नाइमा मोबिलिटी एक्सपो २०२५ को अवसरमा प्रिमियम इलेक्ट्रिक सवारी Zeekr X का लागि विशेष छुट योजना सार्वजनिक गर्ने तयारी गरेको छ। नेपालका लागि Zeekr ब्रान्डको आधिकारिक वितरक Pioneer Moto Corp ले यो योजनामार्फत नेपाली बजारमा Zeekr सवारीहरूको उपस्थिति अझ सशक्त बनाउने लक्ष्य राखेको छ ।

ग्राहकहरूका लागि विशेष अफरसहित, Zeekr X साउन २१ देखि २५ गतेसम्म हुने नाइमा मोबिलिटी एक्सपो २०२५ मा रु. ८४.९९ लाखको सवारी रु. ६९.९९ लाखमा उपलब्ध हुने छ। साथै, एक्सपो अवधिमा Zeekr X बुक गर्ने ग्राहकहरूले ८ वर्ष वा १,६०,००० किलोमिटरको वारेन्टी पनि प्राप्त गर्नेछन् ।

Zeekr X मा समावेश हुने प्रमुख विशेषताहरूमा २०० किलोवाटको मोटर पावर, लेभल २ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS), १९१ मिलिमिटर​ ग्राउन्ड क्लियरेन्स, र ७ वटा एयरब्याग रहेका छन्, जसले यसलाई सुरक्षित र शक्तिशाली विद्युतीय सवारी बनाउछ ।

यस योजनाअन्तर्गत ग्राहकहरूले Zeekr X सवारी अत्यन्तै आकर्षक मूल्यमा, सजिलो फाइनान्सिङ र विशेष छुटहरू सहित खरिद गर्न सक्नेछन्। यस्ता सुविधाहरूमा केहि सर्त तथा नियमहरू लागू हुनेछन्। Pioneer Moto Corp ले सम्पूर्ण ग्राहकहरूलाई नाइमा मोबिलिटी एक्सपो२०२५ मा उपस्थित भइ नजिकको Zeekr शोरूम भ्रमण गरी उक्त योजना अनुसारको फाइदा लिन अनुरोध गर्दछ​ ।

Pioneer Moto Corp Pvt. Ltd. र Zeekr को बारेमा:
Pioneer Moto Corp प्रा.लि. नेपालमा Zeekr सवारीसाधनहरूको आधिकारिक वितरक हो। यस​ कम्पनीले Zeekr ब्रान्डअन्तर्गतका सवारीहरूको विक्री, सेवा तथा स्पेयर पार्ट्स सुविधा उपलब्ध गराउँदै आएको छ।

थप जानकारीका लागि: https://zeekr-nepal.com/

प्रकाशित : २१ श्रावण २०८२, बुधबार १४:३० 6 August, 2025 2:30 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।