काठमाडौँ – नेपालका लागि Nissan सवारी साधनहरूको आधिकारिक वितरक Pioneer Moto Corp Pvt. Ltd. ले आउँदो नाइमा मोबिलिटी एक्सपो २०२५ को अवसर पारेर ‘Nissan Festive Deal’ नामक विशेष छुट योजना सार्वजनिक गर्ने तयारी गरेको छ। यस योजनाअन्तर्गत कम्पनीले All-New Nissan Magnite मा विभिन्न आकर्षक सुविधाहरू सहितको अफर ल्याउनेछ।
कम्पनीका प्रबन्ध निर्देशक श्री सन्दीप कुमार शारदाले भन्नुभयो: “हामीले यस योजना नाइमा एक्सपो २०२५ (साउन २१ देखि २५ गतेसम्म) को अवसर पारेर र आगामी चाडपर्वलाई ध्यानमा राखी ल्याएका हौं। यो अफर एक्सपो पश्चात् चाडपर्वको सम्पूर्ण अवधिभर जारी रहनेछ।”
‘Nissan Festive Deal’ योजनाअन्तर्गत, Nissan Magnite बुक गर्ने ग्राहकहरूले विभिन्न लाभहरू प्राप्त गर्नेछन्। यसमा समावेश हुने लाभहरूमा:
- आकर्षक नगद छुट
- NAIMA एक्सपो विशेष छुट
- तीन वर्षसम्मको निःशुल्क सर्भिसिङ
- तीन वर्षको वारेन्टी
- एक वर्षको निःशुल्क बीमा
- निःशुल्क रोड कर
- र डाउनपेमेन्ट मात्र रु. ६,८०,००० मा खरिद गर्न सकिने सुविधा उपलब्ध हुने छ।
ग्राहकहरूले सजिलो फाइनान्सिङका साथ Nissan Magnite खरिद गर्न सक्नेछन् र अफरमा उल्लेख गरिएका सबै सुविधाहरू केहि सर्तहरूसहित लागू हुनेछन्।
यस्तैगरी, Nissan Leaf मा ग्राहकहरूले अधिकतम रु. २०,१५,००० सम्मको फाइदा प्राप्त गर्न सक्छन् र Nissan Urvan मा शून्य प्रतिशत डाउनपेमेन्टको सुविधा उपलब्ध छ। पायोनियर मोटो कर्पले सम्पूर्ण ग्राहकहरूलाई नाइमा मोबिलिटी एक्सपो २०२५ मा सहभागिता जनाई नजिकको निसान शोरूम भ्रमण गरी यो अफरको फाइदा लिन आग्रह गर्दछ।
Pioneer Moto Corp Pvt. Ltd. र Nissan को बारेमा:
Pioneer Moto Corp प्रा.लि. नेपालका लागि Nissan सवारी साधनहरूको आधिकारिक वितरक हो। कम्पनीले Nissan का सम्पूर्ण मोडलहरूको विक्री, सेवा तथा स्पेयर पार्ट्सको सुविधा प्रदान गर्दै आएको छ।
Nissan Motor Company Limited, सामान्यतः Nissan भनेर चिनिने, जापानको एक बहुराष्ट्रिय अटोमोबाइल निर्माता हो जसको मुख्यालय योकोहामा स्थित निशि-कु मा रहेको छ। कम्पनीले आफ्नो सवारी साधनहरू Nissan र Infiniti ब्रान्ड अन्तर्गत विक्री गर्दै आएको छ, साथै यसको Nismo नामक इन-हाउस परफरमेन्स ट्युनिङ ब्रान्ड पनि लोकप्रिय रहेको छ। थप जानकारीका लागि https://nissan-nepal.com/ मा जानुहोस्।





Comment