नाइमा मोबिलिटी एक्स्पो २०२५ : केई ई-क्युट ०४ को विशेष घोषणा, यस्ता छन् अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नाइमा मोबिलिटी एक्स्पो २०२५ : केई ई-क्युट ०४ को विशेष घोषणा, यस्ता छन् अफर



काठमाडौं । नेपालमा केई इलेक्ट्रिक गाडीहरूको आधिकारिक वितरक जी.ओ. अटोमोबाइल्स प्रा. लि. र लक्ष्मी ई-मोबिलिटीले केई ई-क्युट०४ ईभीमा नयाँ र आकर्षक अफर सार्वजनिक गरेका छन्। यो अफर अन्तर्गत, अब केई ई-क्युट०४ ईभी २५.९६ लाखमा उपलब्ध हुने जनाएको छ।

ग्राहकहरूका लागि यस अफरमा निम्न विशेष लाभहरू समावेश हुने जनाएको छ । जस अन्र्तगत नगद छुट, एक्सचेन्ज बोनस, अटो इन्स्योरेन्स (बीमा),एप्पल वाच उपहार जस्ता लाभ लिन सकिने छ ।

त्यसैगरी, गाडी खरिद गर्दा ३.३ किलोवाटको फास्ट चार्जर, ६ वर्षको निःशुल्क सेवा, र ८ वर्षको ब्याट्री वारेन्टी पनि उपलब्ध हुनेछ।

केई ई-क्युट०४ ईभी नै किन ? यस्ता छन् मुख्य विशेषताहरू

२८.०८ किलोवाटको शक्तिशाली मोटर

४० किलोवाटको पिक पावर

आकर्षक र प्रिमियम डिजाइन

फराकिलो इन्टेरियर र उत्कृष्ट ड्राइभिङ अनुभव

१६५ मिमि ग्राउन्ड क्लियरेन्स

३.३ किलोवाट फास्ट चार्जर समावेश

३६० डिग्री क्यामेरा सुविधा

सेगमेन्टमै उत्कृष्ट टायर साइज

कम्पनीका अनुसार, किफायती मूल्य, प्रिमियम फिचरहरू र लामो समयसम्म टिक्ने गुणस्तरका कारण केई ई-क्युट०४ ईभी आफ्नो सेग्मेन्टको सबैभन्दा उत्कृष्ट विद्युतीय सवारी बनिरहेको छ।

यो अफर नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा काठमाडौंको भृकुटीमण्डपस्थित हल ए, स्टल ए२ (प्रवेशद्वारबाट दायाँपट्टिको पहिलो स्टल) मा उपलब्ध छ। साथै, नक्साल, थापाथली, बिर्तामोड, नेपालगन्ज, धनगढी, दाङ, भैरहवा, हेटौंडा, भरतपुर, पोखरा, विराटनगर, र वीरगन्जमा रहेका काईयीका आधिकारिक शोरूमहरूमा पनि यो अफर सीमित अवधिका लागि लागू हुनेछ।

प्रकाशित : 6 August, 2025 1:52 pm