नाइमामा लन्च भयो फरथिङ फ्राइडे ईभी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

नाइमामा लन्च भयो फरथिङ फ्राइडे ईभी



काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्सपोमा नयाँ ईभी ब्रान्ड फरथिङको फ्राइडे ईभी लन्च भएको छ । नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटीले सो ईभी सार्वजनिक गरेको हो ।

लक्जरी र एक्सक्लुसिभ गरी दुई भेरिएन्टमा उपलब्ध हुने सो ईभीको मूल्य क्रमशः ४८ लाख ९६ हजार र ५४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यो मूल्य पहिले भन्सार प्रयोजनका लागि सार्वजनिक गरिएको मूल्य भन्दा कम हो ।

६४.४ किलोवाट आवरको ब्याट्री प्याक जाडन गरिएको यस ईभीमा ९९ किलोवाट क्षमताको मोटर राखिएको छ । सिंगल चार्जमा यसले ४०० किलोमिटर रेन्ज दिने दाबि गरिएको छ । एसयुभीमा ११ किलोवाट क्षमताको अन–वोर्ड चार्जर पाउन सकिन्छ भने यसले १२० किलोवाट सम्मको डिसी चार्जर समेत सपोर्ट गर्दछ ।

फरथिङ फ्राइडेमा भेन्टीलेटेड, हिटेड, मसाज र मेमोरी सिट उपलब्ध गराइएको छ । ८.८ इन्चको एलसीडी इन्स्टुमेन्ट क्लस्टर, १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रीक टेलगेट, वायरलेस फोन चार्जर, प्यानारोमिक सनरुफ, मल्टी ड्राइभ मोड र ६स्पीकर सहितको म्युजिक सिस्टम लगायत फिचर यसमा पाउन सकिन्छ ।

सुरक्षाका लागि यसमा एडास फिचर सहित ६ वटा एयरव्याग, एबीएस, इबीडी, सीबीडी, एचबीए, इबीए, बीए, एएसआर, टीसीएस, टीआरसी, इएसपी, अटोमेटिक पार्किङ, टायर प्रेसर मोनिटरिङ सिस्टम, ३६० डिग्री क्यामरा, फ्रन्ट/रियर पार्किङ राडार, एडाप्टीभ क्रुज कन्ट्रोल अपहिल/डाउनहिल असिस्ट लागयत विशेषता पाउन सकिन्छ ।

प्रकाशित : 6 August, 2025 11:49 am