नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ भृकुटीमण्डपमा सुरु, अर्थमन्त्रीले गरे उद्घाटन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ भृकुटीमण्डपमा सुरु, अर्थमन्त्रीले गरे उद्घाटन



नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) द्वारा आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ आजदेखि काठमाडौं भृकुटीमण्डपमा सुरु भएको छ। अर्थमन्त्री विष्णु पौडेलले  उद्घाटन गरेकाे एक्स्पो साउन २५ गतेसम्म सञ्चालन हुनेछ।

यो पहिलोपटक आयोजना गरिएको अटो एक्स्पोमा ५० भन्दा बढी ब्रान्ड सहभागी छन्। ३५ नयाँ सवारी साधनहरू (१५ दुई पांग्रे, १५ चार पांग्रे, ५ कमर्सियल) सार्वजनिक हुनेछन्। साथै, विद्युतीय सवारी साधन, स्मार्ट मोबिलिटी सोल्युसन, र ट्राफिक तथा रोड सेफ्टी प्रविधिहरू पनि प्रदर्शित गरिने छन्।

मुख्य प्रायोजक: एभरेष्ट बैंक लिमिटेड, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
पार्टनरहरू: खल्ती बाई आईएमई (टिकटिङ), पठाओ (३०% छुट), माउन्टेन ड्यु, एचआईके भिजन, सोल्टी होटल, फ्रन्टलाइन हस्पिटल (२४/७ स्वास्थ्य सेवा)

साथै, ‘नाइमा अनलाइन भिडियो प्रतियोगिता’ समेत सुरु गरिएको छ, जसमा उत्कृष्ट भिडियोलाई १ लाख रुपैयाँ र अन्य १० जनालाई १० हजार रुपैयाँ पुरस्कार दिइने छ।

पहिलो दिन अनिल केशरी शाहले “मोबिलिटी: हिजो, आज र भोलि” विषयमा सेसन सञ्चालन गर्ने छन्त्रि ।त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगलगायतका विज्ञहरू पनि सहभागि हुनेछन् ।

टिकट खल्ती बाई आईएमई एपमार्फत उपलब्ध छ।

प्रकाशित : 6 August, 2025 10:15 am