जगदम्बा मोटर्सले ‘नैमा मोबिलिटी एक्स्पो २०२५ मा’ विशेष अफरसहित प्रोटोन ईमास ७ को प्रदर्शनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

जगदम्बा मोटर्सले ‘नैमा मोबिलिटी एक्स्पो २०२५ मा’ विशेष अफरसहित प्रोटोन ईमास ७ को प्रदर्शनी



काठमाडौं – प्रोटोनको नेपालको लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नैमा मोबिलिटी एक्स्पो २०२५ मा सहभागी भई नेपालको दिगो मोबिलिटी भविष्यप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ । कार्यक्रममा कम्पनीले नयाँ प्रविधियुक्त प्रोटोन इमास ७ मा विशेष अफरहरूको घोषणा गर्दै देशभर आफ्नो सेवा सञ्जाल विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ ।

यस वर्षको सुरुवातमा, मलेसियाको पहिलो विद्युतीय सवारी प्रोटोन इमास ७ नेपाल निर्यात गरेर इतिहास रचिएको थियो, यो मोडलले मलेसियामा आफ्नो सेगमेन्टमा नम्बर १ इभीको स्थान हासिल गरिसकेको छ ।


जगदम्बा मोटर्स, जसले अटोमोबाइल उद्योगमा १४ वर्षभन्दा बढीको अनुभव बटुलेको छ, सन् २०१८ को नोभेम्बरदेखि नेपालमा प्रोटोन गाडीहरूको आधिकारिक वितरकको रूपमा कार्य गर्दै आएको छ । सन् २०२५ सकिँदासम्म देशभर १२ वटा सोरूम र सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना कम्पनीको छ । ताकि प्रोटोनका गाडी र सेवा नेपालभर सहज रूपमा उपलब्ध गराउन सकियोस् । जसमध्ये हाल ३ वटा शोरुमबाट ग्राहक सेवा प्रदान भइरहेको छ ।


शंकर ग्रुपमार्फत व्यापक इभी इकोसिस्टम निर्माण गर्न विभिन्न पहलहरू गरिएको छ, जसअन्तर्गत निम्न सेवाहरू उपलब्ध गराइनेछनः
१. प्रामाणिक स्पेयर पार्ट्स ।
२. आधुनिक डाइग्नोस्टिक उपकरणहरू ।
३. प्रोटोन र गिलीद्वारा प्रमाणित पूर्ण रूपमा तालिमप्राप्त प्राविधिकहरूको सेवा ।
४. सरल र सहज वारन्टी दाबी प्रक्रिया ।
५. चार्जीङ स्टेसन ।  
यी व्यवस्था ग्राहकका सबै आवश्यकताहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने र सेवा प्रदानमा उच्चतम स्तर कायम राख्ने उद्देश्यले तयार गरिएको हो ।
नैमा मोबिलिटी एक्स्पोमा विशेष रूपमा घोषणा गरिएका प्रारम्भिक अफर:
• जगदम्बा फाइनान्सिङमार्फत ४ वर्षको लागि ०% ब्याजदर, जसअन्तर्गत ६० मिनेटभित्र ऋण स्वीकृत गरिन्छ।
• ब्याट्रीमा ८ वर्षको अनलिमिटेड माइलिज वारन्टी ।
• २.९९ लाखको सिधा नगद छुट, साथै थप सुविधाहरू ।
• एक्सचेन्जमा उत्कृष्ट मूल्यांकन, तपाईंको पुरानो गाडीको उच्चतम मूल्य सुनिश्चित ।


• नि:शुल्क अटो प्लस बीमा, व्यापक कभरेज प्रदान ।
• इमास असिस्टेन्ट प्लस, जसमा प्रिमियम रोडसाइड सहायता सेवा र तत्काल सहयोगका लागि विशेष ह्वाट्सएप ग्राहक सहायता च्याट समावेश ।
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक श्री अखिल गुप्ताले भन्नुभयो- ‘प्रोटोन एमास ७ को आगमन र हाम्रो सेवा सञ्जालको विस्तारसँगै, हामी प्रत्येक नेपाली ग्राहकका लागि विद्युतीय सवारीलाई अझ पहुँचयोग्य, भरपर्दो र आकर्षक बनाउन प्रतिबद्ध छौं ।’
जगदम्बा मोटर्स नवीन प्रविधियुक्त सवारीहरू जस्तै प्रोटोन इमास ७ नेपाली बजारमा ल्याउन र उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेको छ । जसले नेपालको दिगो मोबिलिटी यात्रामा महत्वपूर्ण योगदान पुर्‍याउँछ र प्रत्येक नेपाली ग्राहकलाई उत्कृष्ट गाडी स्वामित्व अनुभव सुनिश्चित गर्छ । ग्राहकहरूलाई नैमा एक्स्पोको स्टल एल ५- हल बी मा पुगेर प्रोटोन इमास ७ को प्रत्यक्ष रूपमा अनुभव गर्न आमन्त्रण गर्दछौं ।

प्रकाशित : 6 August, 2025 9:43 am