नाडा अटो शो २०२५ मा दिपलका उड्ने कार र रोबोट प्रदर्शन हुँने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नाडा अटो शो २०२५ मा दिपलका उड्ने कार र रोबोट प्रदर्शन हुँने



काठमाडाै‌ । यस वर्षको नाडा अटो शोमा पहिलोपटक उड्ने कार र अत्याधुनिक रोबोट प्रदर्शनीमा राखिने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गर्ने १७औँ संस्करणको अटो शो भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुनेछ।

चिनियाँ कम्पनी हाङझाउ युशु टेक्नोलोजी कम्पनी लिमिटेड ले उत्पादन गरेको युनिट्री रोबोट प्रदर्शनमा राखिनेछ। यस कम्पनीले रोबोट म्यान र रोबोट डग उत्पादन गर्दै आएको छ र यस वर्षको अटो शोको टाइटल स्पोन्सरसमेत रहेको छ।

त्यसैगरी, एमएडब्ल्यू समूह अन्तर्गतको एमएडब्लू वृद्धि अटो कर्प प्रालिले चीनमा निर्मित दिपल इभीटीओएल युएभी (EVTOL UAV) उड्ने कार नेपालमै पहिलोपटक शोकेसमा राख्नेछ। पूर्ण विद्युतीय यो कार सिधै उड्न र अवतरण गर्न सक्षम छ र भविष्यको सहरी यातायातका लागि उपयुक्त मानिएको छ।

अमेरिका, चीन र खाडी मुलुकहरूले उड्ने कारका लागि कानूनी संरचना तयार पारिरहेका वा बनाइसकेका बेला नेपालमा भने यस प्रविधि पहिलोपटक प्रदर्शनीमार्फत सार्वजनिक हुँदैछ।

नाडाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा यस वर्षको अटो शोलाई प्रविधिमुखी र भविष्यमुखी बनाउन विशेष तयारी गरिएको जानकारी दिएको छ।

प्रकाशित : 5 August, 2025 2:41 pm