काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले नाडा अटो शो २०२५ लाई प्रविधि, संस्कृति र अटोमोबाइलको नवीन संयोजनको रुपमा प्रस्तुत गरिने बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चौधरीले भने, “नेपालले मोबिलिटी क्षेत्रमा यति छिटो प्रगति गर्छ भन्ने कसैले अपेक्षा गरेको थिएन। तर हामीले यस क्षेत्रमा ठूलो फड्को मारिसकेका छौं। यही परिवर्तनलाई मध्यनजर गर्दै यस वर्षको नाडा अटो शोमा प्रविधि, संस्कृति र अटोमोबाइललाई नयाँ ढंगले प्रस्तुत गरिनेछ।”
उनका अनुसार यस वर्षको अटो शोमा मोबिलिटीको भविष्य र नयाँ अवधारणाहरूलाई देखाइनेछ। विगतका तुलनामा यो वर्षको अटो शोमा आमूल परिवर्तन र अत्याधुनिक प्रविधिको व्यापक प्रयोग हुने उनको भनाइ छ।





Comment