राष्ट्रिय सहकारी बैंकको वित्तीय विवरण सार्वजनिक, कुल सम्पत्ति ५२ अर्ब नाघ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्रिय सहकारी बैंकको वित्तीय विवरण सार्वजनिक, कुल सम्पत्ति ५२ अर्ब नाघ्यो



काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेड (NCBL) ले आर्थिक वर्ष २०८२ को असार मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको कुल सम्पत्ति ५२ अर्ब ६५ करोड रुपैयाँ नाघेको छ।

बैंकले २०७८ साउन ५ गते प्रकाशित गरेको विवरण अनुसार, असार मसान्तसम्मकाे

शेयर पूँजी रु २ अर्ब ५९ करोड,

जगेडा कोष रु १ अर्ब ६३ करोड,

कुल बचत रु ४५ अर्ब ४ करोड,

ऋण लगानी रु ३९ अर्ब ८९ करोड,

तरलता रकम रु ५ अर्ब १५ करोड रहेको छ।

बैंकको तरलता अनुपात १२.९३% रहेको छ, जुन नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम सीमा भित्र पर्छ। यसले बैंकको वित्तीय अवस्था सन्तोषजनक रहेको संकेत गर्छ।

हालसम्म बैंकसँग १६ हजार ६९६ जना शेयर सदस्य छन् भने १ हजार ३३३ सहकारी संस्थाहरूले ऋण सुविधा लिएका छन्। साथै, बैंकले विभिन्न कोषहरूमा करिब १३ करोड रुपैयाँ जम्मा गरेको छ।

राष्ट्रिय सहकारी बैंकले सहकारी क्षेत्रको सशक्तिकरण गर्दै वित्तीय पहुँच वृद्धि गर्ने उद्देश्यसहित मुलुकभर सेवा विस्तार गरिरहेको छ।

प्रकाशित : 22 July, 2025 6:39 pm