मधेश प्रदेशका पूर्व प्रमुख झा पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

मधेश प्रदेशका पूर्व प्रमुख झा पक्राउ



जनकपुर । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ परेका छन् । काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको थियो । सो अनुमतिका आधारमा पूर्वप्रदेश प्रमुख झालाई पक्राउ गरिएको र ५ दिन म्याद थप गरिएको हो ।

चैत २५ गते उनीविरुद्ध जिल्ला अदालतबाट पुर्जी जारी भएको थियो । पूर्वप्रदेश प्रमुख झा २०७७ फागुन ७ गते मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए । फौजदारी कसुरमा काठमाण्डु जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको थियो ।

सो घटना २०८१ जेठ ४ गते भएको थियो । युवतीका अनुसार पूर्वप्रदेश प्रमुख झाले कोठामा कोही नभएको बेलामा पटकपटक बलात्कार गरेका थिए । उक्त घटनापछि पनि कसैलाई बताएपछि मार्ने समेतको धम्की दिएको पीडित युवतीको भनाइ छ । पीडित युवतीले जाहेरी दर्ता गर्न खोजे पनि प्रहरीले लामो समयसम्म आलटाल गर्दै आएका थिए ।

प्रकाशित : 21 July, 2025 10:59 am