हकप्रद सेयरमार्फत दुई कम्पनी पूँजी जुटाउने तयारीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हकप्रद सेयरमार्फत दुई कम्पनी पूँजी जुटाउने तयारीमा



काठमाडौं । दुई कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति पाएका छन्। नेपाल धितोपत्र बोर्डले शिव श्री हाइड्रोपावर कम्पनी र सिटी होटल लिमिटेडलाई हकप्रद निष्कासनको अनुमति दिएको हो।

शिव श्री हाइड्रोपावरले कायम चुक्तापूँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद निष्कासको लागि साउन ४ गते अनुमति पाएको हो ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । त्यस्तै, सिटी होटल लिमिटेडले कायम चुक्तापूँजीको ८० प्रतिशत अर्थात् १ः०.८० अनुपातमा १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँबराबरको १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद निष्कासको अनुमति पाएको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : 20 July, 2025 6:16 pm