सिरहा। सिरहाको सुखीपुर नगरपालिका–४ पोखरिया स्थित एक घरमा लुकाई राखिएको ठूलो परिमाणको लागूऔषधगाँजाप्रहरीले बरामद गरेको छ। बरामदगाँजाको तौल ७१७.६ किलोग्राम रहेको छ भने घरधनी फरार रहेको जिल्लाप्रहरी कार्यालय सिरहाले जनाएको हो ।
गोप्य सूचनाको आधारमा २०८२ साल साउन २ गते बिहान ६ बजे प्रहरी चौकीसिलौर्वा पछवारीकाप्रमुखप्रहरी सहायक निरीक्षकनन्दु राउतको कमाण्डमा चार जनाप्रहरी र सशस्त्रप्रहरी बल बेसक्याम्प सुखीपुरका सशस्त्रप्रहरी नायब निरीक्षकअनिलकुमार यादवको कमाण्डमा चार गरी आठजनाको संयुक्तटोलीखटिएको थियो।
टोलीले पोखरिया निवासीकरिब ६० वर्षीय मेदीयादवको घरमा छापामार्दा घरभित्र २६ वटापोका गाँजा फेला परेको थियो। पछिथप अनुसन्धानको लागिजिल्लाप्रहरी कार्यालय सिरहाबाटप्रहरी निरीक्षक राजयादवको नेतृत्वमाप्रहरी टोलीघटनास्थलमापुगेको थियो।
शुक्रबार बिहानथप १ पोका गाँजा फेला परेपछि बरामदपोका संख्या २७पुगेको छ, जसको कुलतौल ७१७.६ केजी रहेको प्रहरीले जनाएको छ। हाल घरधनी मेदीयादव फरार रहेका छन् र खोजीकार्य जारी रहेको छ। बरामदगाँजातथाआवश्यक अनुसन्धानकालागि सम्बन्धितकानुनीप्रक्रिया पूरा गरी जिल्लाप्रहरी कार्यालय सिरहापठाइएको प्रहरीले जनाएको छ।





Comment