औरियमको नेतृत्वमा डाना कप २०२५ मा नेपालको ऐतिहासिक सहभागिता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

औरियमको नेतृत्वमा डाना कप २०२५ मा नेपालको ऐतिहासिक सहभागिता



काठमाडौँ । युरोपको सबैभन्दा प्रतिष्ठित युथ फुटबल प्रतियोगितामध्ये एक डाना कप २०२५ मा नेपालले ऐतिहासिक सहभागिता जनाउने भएको छ ।

औरियम एकेडेमीको नेतृत्वमा रातो बंगला स्कुल र संस्कृति इन्टरनेशनल स्कुलका तीन टोलीहरू प्रतियोगितामा सहभागी हुने भएका हुन् ।

जसले नेपाली युवा फुटबलको लागि नयाँ युगको संकेत दिएको छ। प्रतियोगितामा सहभागी हुने टोलीहरूमा रातो बंगला स्कुलको U12 ब्वाइज, U14 गर्ल्स र संस्कृति इन्टरनेशनल स्कुलको U14 ब्वाइज टोली रहेका छन्।

विशेषतः रातो बंगला स्कुलको ग्ज्ञद्ध गर्ल्स टोली युरोपियन फुटबल प्रतियोगितामा सहभागी हुने पहिलो नेपाली बालिका टोली बन्ने ऐतिहासिक कीर्तिमान राख्दैछ।

यो उपलब्धिले न केवल सहभागी विद्यालयहरू र औरियम एकेडेमीको प्रतिष्ठा बढाएको छ, तर नेपालको बालिका फुटबल इतिहासमा पनि नयाँ अध्याय कोरेको दावी गरिएको छ।

विद्यालयहरूले लामो समयदेखि विद्यार्थीहरूको समग्र शैक्षिक र व्यक्तिगत विकासमा जोड दिँदै आएका छन्। उनीहरूको औरियमसँगको सहकार्यले युवाहरूको खेलकुद प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने दिशामा निर्णायक भूमिका खेलेको देखिन्छ।

खेलाडीहरूको तयारी प्रक्रिया प्रेरणादायक रह्यो । जहाँ उनीहरूले दक्ष प्रशिक्षकहरूबाट शारीरिक, प्राविधिक र मानसिक पक्षमा उच्चस्तरको प्रशिक्षण प्राप्त गरे। यस सम्पूर्ण सहभागिताको मुख्य संयोजन र व्यवस्थापनको भूमिका औरियम एकेडेमीले निर्वाह गरेको छ।

“यी टोलीहरू जब युरोपेली मैदानमा उत्रिन्छन्, उनीहरूसँगै नेपालको सपना, आत्मविश्वास र प्रेरणा बोकेर जान्छन्।” औरियम एकेडेमीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यो सहभागिता केवल फुटबल प्रतियोगिता मात्र नभई नेपालको युवा फुटबल पुनर्जागरणतर्फको ठोस कदम ‘उज्यालो, सशक्त र आशालाग्दो भविष्यतर्फ।”

प्रकाशित : 15 July, 2025 5:58 pm