काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिगत सेयर धितो कर्जाको सीमा १५ करोड रुपैयाँबाट बढाएर २५ करोड रुपैयाँ पुर्याएको छ । आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले सेयर धितो कर्जामा अब एकल कर्जा सीमा लागू हुने र सो सीमा २५ करोड रुपैयाँ कायम गरिएको जानकारी दिएका हुन् ।
यसअन्तर्गत व्यक्तिगत लगानीकर्ताले अब अधिकतम २५ करोड रुपैयाँसम्म सेयर धितोमा कर्जा लिन सक्नेछन् । जुन अघिल्लो वर्षको सीमा भन्दा १० करोड रुपैयाँले बढी हो ।





Comment