काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो र तल्लो दुवै सीमा घटाउने निर्णय गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले नीति सार्वजनिक गर्दै करिडोरको माथिल्लो सीमा अर्थात् बैंक दर ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत र तल्लो सीमा अर्थात् निक्षेप संकलन दर ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत कायम गरिएको जानकारी दिए ।
त्यस्तै, नीतिगत दर पनि ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ ।





Comment