दक्षिण एसियाको अग्रणी अनलाइन सम्मेलनमा अंग्रेजी भाषा शिक्षणका लागि नवीनतम अवधारणाको खोजी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

दक्षिण एसियाको अग्रणी अनलाइन सम्मेलनमा अंग्रेजी भाषा शिक्षणका लागि नवीनतम अवधारणाको खोजी



काठमाडौं । ब्रिटिस काउन्सिलले दक्षिण एसियाका अंग्रेजी शिक्षकका लागि तीन दिनको निःशुुल्क अनलाइन कन्फ्रेन्स आयोजना गरेको छ । यही जुलाई १७ देखि १९ तारिख सम्म हुन लागेको साउथ एसिया टिचिङ इङलिस अनलाइन कन्फ्रेन्स २०२५ मा सहभागी भई व्यवसायिक विकासको अनुभव हासिल गर्न नेपालभरका शिक्षकहरुलाई आमन्त्रण गरिएको हो ।

निःशुल्क सहभागी गराइने तीन दिनको यो विशेष अनलाइन इभेन्ट प्राथमिक र माध्यमिक तहमा अंग्रेजी बिषय अध्यापन गराउने शिक्षक र शिक्षा क्षेत्रका व्यवसायिक व्यक्तिका लागि तयार पारिएको हो । अनलाइन कार्यक्रममा अंग्रेजी भाषा शिक्षणसँग सम्वन्धित केही महत्वपूर्ण सवाललाई सम्बोधन गर्ने सत्रहरु (सेसन) समावेश गरिएका छन् ।

“शिक्षकको व्यवसायिक विकासका लागि सहयोग” भन्ने बिषयवस्तुसहित सम्मेलनमा विज्ञको नेतृत्वमा हुने ३ वटा प्यानल डिस्कसन समेत गरी ९ वटा सत्र सञ्चालन हुनेछ । ती सत्रमार्फत् शिक्षकहरुले सबै विद्यार्थीहरूलाई सहयोग गर्न समावेशी अभ्यास र अंग्रेजी भाषाको शिक्षणमा २१ औं शताव्दीको नयाँ सीपको समायोजन तर्था डिजिटल प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स ९एआइ० को प्रयोग गरी सिकाइ र शिक्षणलाई कसरी अभिवृद्धि गर्न सकिन्छ भन्नेबारे सिक्ने मौका पाउनेछन् । पहिलो बिषयवस्तुुले समावेशी शैक्षिक अभ्यासबारे विस्तृतमा चर्चा गर्दै कक्षाकोठामा प्रत्येक विद्यार्थीहरूले आफूूलाई महत्व दिइएको र सहयोग पाएको अनुुभव गर्ने वातावरण सृजनाका लागि आवश्यक रणनीतिबारे शिक्षकलाई अवगत गराउनेछ । त्यस्तै, दोस्रो बिषयवस्तुु अंग्रेजी भाषाको शिक्षणमा २१ औं शताव्दीका सीप जस्तैः विश्लेषणात्मक सोच, सहकार्य र विश्वव्यापी नागरिक ९ग्लोबल सिटिजनसीप० लाई एकीकृत गर्ने र बदलिंदो विश्व परिवेशमा विद्यार्थीलाई सहयोग गर्नेबारे केन्द्रित हुनेछ । अन्तिम बिषयवस्तुले भने शिक्षण र सिकाइको अभिवृद्धिमा डिजिटल प्रविधि र एआइको रुपान्तरणकारी भूमिकाबारे चर्चा गर्नुुका साथै विविधतायुुक्त कक्षाकोठालाई प्रभावकारी बनाउन शिक्षकहरुलाई नवीनतम साधनयुक्त कसरी बनाउन सकिन्छ भन्नेबारे जानकारी दिनेछ ।

सम्मेलनमा बंगलादेश, भारत, नेपाल, पाकिस्तान, श्रीलंका, बेलायत र ग्रीसका प्रतिष्ठित वक्ता तथा अभ्यासकर्ताहरुले कक्षाकोठाभित्र प्राप्त हासिल गरेको दशकौंको अनुभव, प्राज्ञिक अनुुसन्धान र नवीनतम बिषयलाई प्रस्तुत गर्नेछन् । दक्षिण एसिया र त्यसभन्दा बाहिरबाट समेत प्रतिनिधि सहभागी हुने विविधतायुुक्त प्यानलले सहभागीहरुलाई समावेशी शिक्षा, २१ औं शताव्दीको सीप र डिजिटल प्रयोगको अंग्रपंक्तिमा रहेर काम गर्दै अंग्रेजी भाषाको शिक्षणलाई नयाँ ढंगले परिभाषित गर्दै आएका अगुवाबाट सिक्ने मौका प्रदान गर्नेछ । क्षेत्रीय स्तरमा विद्यमान शिक्षण विधि र कक्षाकोठाको व्यवहारिक अनुुभवमा आधारित भई विज्ञहरुले सहभागीका लागि निकै उपयोगी तथा नवीनतम दृष्टिकोण, प्रयोगात्मक रणनीति र विश्वस्तरिय अवधारणासहित सान्र्दभिक व्यवसायिक सिकाइ प्रदान गर्नेछन्, जसले दक्षिण एसियाको सन्दर्भलाई सवल बनाउन मद्धत गर्नेछ ।

ब्रिटिस काउन्सिल दक्षिण एसियाका अंग्रेजी र विद्यालय शिक्षासम्बन्धी निर्देशक सराह रोजरसनले भन्नुभएको छ– “हामी प्रविधि र विविधतासँगै रुपान्तरित शैक्षिक परिदृश्यमा प्रवेश गरेका छौं, त्यसैले हाम्रो ध्यान स्पष्ट छः हरेक शिक्षकले अंग्रेजी सिकाइलाई समावेशी, अर्थपूर्ण र भविष्यका तम्तयार पार्न आफू स्रोतसाधनयुक्त भएको महसुस गर्नुपर्दछ । वास्तविक खोज स्रोतसाधनबाट मात्र प्राप्त हुँदैन, बरु त्यसका लागि सहानूभूति, चिन्तन मनन र हरेक विद्यार्थीहरूमा पुग्ने प्रतिवद्धताबाट हासिल गर्न सकिन्छ ।”

यदि तपाई कक्षाकोठालाई थप समावेशी बनाउन, विद्यार्थीहरूलाई उनीहरुको भविष्यका लागि सीप प्रदान गर्न वा एआइमा आधारित शिक्षणको खोजी गर्न प्रयासरत हुनुहुन्छ भने यो सम्मेलनले तपाईलाई साधनसँगै व्यवसायिक रुपमा सबल बनाउन सहयोग गर्ने जनाएकाे छ । तपाईले प्रत्येक सत्रमा सहभागी भएपछि इ–सर्टिफिकेट समेत पाउनुहुनेछ । तसर्थ समावेशीकरण, नवीनतम सोच र प्रेरणामार्फत अंग्रेजी भाषा शिक्षणलाई नयाँ ढंगमा अघि बढाउन दक्षिण एसिया अन्य सयौं शिक्षकहरुसँगै यो सम्मेलनमा सहभागीता जनाउन अनुराेध गरेकाे छ ।

प्रकाशित : 11 July, 2025 12:53 pm