काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि बीमितलाई प्रदान गरिने बोनस दर सार्वजनिक गरेको छ। कम्पनीले बीमा प्राधिकरणबाट आर्थिक लेखाजोखा र बीमाङकीय प्रतिवेदनको स्वीकृति पाएपछि बीमितलाई प्रतिवर्ष प्रतिहजार रुपैयाँ बीमांक रकममा आधारित भएर बोनस दर प्रदान गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार बोनसदर न्यूनतम २३ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म हुनेछ। यो दर बीमा योजना र बीमा अवधिका अनुसार फरक-फरक छ।
१. सनलाइफ सावधिक जीवन बीमालेख
१९ वर्षे अवधिका लागि: ३० रुपैयाँ, २०–२४ वर्षका लागि: ५२ रुपैयाँ, २५–२९ वर्षका लागि: ५५ रुपैयाँ, ३० वर्ष वा सो भन्दा माथिका लागि : ६५ रुपैयाँ ताेकेकाे छ ।
२. भाग्योदय जीवन बीमालेख
१९ वर्षे अवधिका लागि: ३० रुपैयाँ, २०–२४ वर्षका लागि: ५२ रुपैयाँ, २५ वर्ष वा सो भन्दा माथिका लागि: ५५ रुपैयाँ रहेकाे छ ।
३. बाल समृद्ध जीवन बीमा लेख
१९ वर्षे अवधिका लागि: ३० रुपैयाँ, २०–२४ वर्षका लागि : ५२ रुपैयाँ, २५ वर्ष वा सो भन्दा माथिका लागि: ५५ रुपैयाँ
४. सुनौलो सावधिक जीवन बीमा योजना
१९ वर्षे अवधिका लागि: ३० रुपैयाँ, २० वर्ष वा सोभन्दा माथिका लागि: ५२ रुपैयाँ रहेकाे छ ।
५. नवीन आजीवन बीमालेख
१९ वर्षे अवधिका लागि: ३८ रुपैयाँ, २०–२४ वर्षका लागि: ६२ रुपैयाँ, २५ वर्ष वा सोभन्दा माथिका लागि: ८० रुपैयाँ छ ।
६. धनञ्जय जीवन बीमालेख
१४ वर्षे अवधिका लागि: २३ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथिका लागि: २५ रुपैयाँ छ ।
७. सुनौलो बाल समृद्ध जीवन बीमा लेख
१९ वर्षे अवधिका लागि: ३० रुपैयाँ, २० वर्ष वा सोभन्दा माथिका लागि: ५२ रुपैयाँ छ ।
८. सार्थक आजीवन बीमालेख (१५ वर्षे)
१५ वर्षे अवधिका लागि: ३९ रुपैयाँ छ।
९. धनधान्य जीवन बीमालेख
१९ वर्षे अवधिका लागि: २३ रुपैयाँ, २० वा सोभन्दा माथिका लागि: २५ रुपैयाँ छ ।
१०. धनलक्ष्मी जीवन बीमालेख
१९ वर्षे अवधिका लागि: २३ रुपैयाँ छ ।
११. नव धनलक्ष्मी जीवन बीमालेख
१९ वर्षे अवधिका लागि: २३ रुपैयाँ, २० वा सोभन्दा माथिका लागि: २५ रुपैयाँ छ ।
कम्पनीका अनुसार, बीमा प्राधिकरणबाट असार १५ गते स्वीकृत बीमाङकीय प्रतिवेदनअनुसार कम्पनीले सञ्चालनमा ल्याएका मुनाफामा सहभागी जीवन बीमा योजनामा उक्त बोनस दर लागू हुनेछ। बोनस दर सार्वजनिक गर्दै कम्पनीले बीमितको हितमा निरन्तर उत्तरदायी र पारदर्शी सेवा प्रदान गर्ने प्रतिबद्धता समेत दोहोर्याएको छ।





Comment