काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को जेठ महिनासम्ममा जीवन बीमा कम्पनीहरूले कुल एक खर्ब ५४ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरूले एक करोड ३८ लाख ३६ हजार ३७५ वटा बीमा पोलिसी बिक्री गरी सो बराबरको बीमाशुल्क संकलन गरेका हुन्।
बीमा बजारको आकार र प्रतिस्पर्धा दुबै तीव्र गतिमा बढिरहेका बेला तथ्यांकले जीवन बीमा क्षेत्रमा आम मानिसको आकर्षण उच्च रहेको देखाएको छ।
यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ४१ अर्ब २ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा १८ अर्ब ९० करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा १७ अर्ब २४ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । हिमालयन लाइफले १५ अर्ब २२ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
सूर्यज्योति लाइफले नौं अर्ब ४५ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले नौं अर्ब, एशियन लाइफले सात अर्ब ८६ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले छ अर्ब ३२ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले पाँच अर्ब ९० करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
मेट लाइफले पाँच अर्ब ५४ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले चार अर्ब ७२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले चार अर्ब ५५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले चार अर्ब ५४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले तीन अर्ब ७३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।





Comment