काठमाडौं २४ वैशाख । धुर्मुस–सुन्तलीले चौथो परियोजना निर्माणको घोषणा गरेका छन् ।
महाभुकम्पपछि लगातार सामाजिक कार्यमा सक्रिय धुर्मुस सुन्तली फाउन्डेसनले जापानबाट चौथो परियोजना निर्माणको घोषणा गरेका हुन् । तीनवटा बस्ती बसाइसकेका यी जोडीले चौथो परियोजनाको रुपमा पुरै नेपाल देखिने पर्यटकीय स्थल बनाउने घोषणा गरेका हुन् ।
जापानमा भएको एक कार्यक्रममा बोल्दै धुर्मुसले कुन ठाउँमा निर्माण गर्ने भन्ने घोषण नभएपनि सबै जाति, भाष तथा संस्कृतिका मानिसहरुको प्रतिनिधित्व गर्ने उनले बताए ।
यी जोडिले काभ्रेको डाँडा गाउँमा पहरी बस्ती, सिन्धुपाल्चोकको गिरान्चौरमा गिरान्चौर एकिकृत नमुना बस्ती र महोत्तरीको बर्दिवास २ मा एकिकृत नमुना मुसहर बस्ती निर्माण गरिसकेको छ ।
Comment