बाँसगढी देशकै पहिलो डिजिटल नगरपालिका घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

प्रविधी

बाँसगढी देशकै पहिलो डिजिटल नगरपालिका घोषणा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका देशकै पहिलो डिजिटल नगरपालिका घोषणा भएको छ । डिजिटल नगरपालिका घोषणा भएसँगै नगरवासीले घरबाटै अनलाइनमार्फत सेवा पाउने भएका छन् । राष्ट्रिय परिचय पत्रसँग आवद्ध गरी नगरपालिकाको सेवा प्रवाह गर्न लागेको हो ।

नगरबासीहरूले छिटो छरितो र सरल ढङ्गले सेवा पाउने भएका छन् । बाँसगढीका देश विदेशमा बस्ने सबैले आफँु बसिरहेको स्थानबाट नै सेवा प्राप्त गर्ने गरी सेवा सुरु गरिएको बाँसगढी नगरपालिकाका नगरप्रमुख खडक बहादुर खड्काले बताए ।

डिजिटल बाँसगढीको सुरुवात गर्दै नगरप्रमुख खड्काले अब सेवा लिनका लागि नगरपालिका नै धाउनु पर्ने बाध्यता हटेको बताए । उनले देशको पहिलो डिजिटल नगरपालिका भएकोमा खुसी लागेको बताए ।

गत बैशाख २९ गते बासँसगढी नगरपालिका र राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबिच बसेको संयुक्त बैठकबाट बाँसगढी नगरपालिकाले प्रदान गर्ने सबै सेवाहरूलाई डिजिटल रुपमा लैजाने सहमति भएको थियो । डिजिटल बाँसगढी निर्माणका लागिगरी नगरपालिकाको सेवा प्रवाह गर्ने सबै सेवहरूलाई डिजिटल माध्यमबाट प्रवाह गर्ने निर्णय बमोजिम घरबाट नै सेवा लिन मिल्ने गरी डिजिटल बाँसगढी २.० निर्माण गरिएको छ ।

आजबाट नै डिजिटल बाँसगढीबाट सेवा सुरु हुने बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेब बहादुर वलीले बताए । बाँसगढी नगरपालिकाको १७ औँ नगरसभाको शुन्य समयमा डिजिटल बाँसगढीको घोषणा गरिएको थियो ।

प्रकाशित : १० असार २०८२, मंगलबार ११:०४ 24 June, 2025 11:04 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।