आईएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई आमा हस्पिटलमा विषेश छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आईएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई आमा हस्पिटलमा विषेश छुट



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब आमा हस्पिटलमा उपचारसेवा लिदा विषेश छुट दिने भएको छ । कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई आमा हस्पिटलमा ५० प्रतिशतसम्म छुट पाउँने भएका हुन् ।

जसअन्तर्गत क्यबिन बेड मा ५० प्रतिशत, जनरल बेडमा ३० प्रतिशत र हस्पिटलका अन्य सेवामा २० प्रतिशत साथै आकस्मिक एम्बुलेन्स सेवामा कुनै शुल्क लाग्ने छैन । साथै, हेल्थ चेकअप प्याकेजमा ४० प्रतिशत सहुलियत दिने भएको छ।

उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधा को लाभ लिन सक्नेछन् ।

कम्पनीले यस्ता व्यावसायिक सम्बन्धमा निरन्तर बिस्तार गरि सेवालाइ थप प्रभावकारि र स्तरिय बनाउदै कम्पनीका बीमित अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्नेछ ।

प्रकाशित : 20 June, 2025 3:27 pm