यस्तो छ यती डेभलपमेन्ट बैंकको प्रगति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यस्तो छ यती डेभलपमेन्ट बैंकको प्रगति



काठमाडौं, २२ वैशाख  ।  यती डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासमा खुद मुनाफा २१ करोड ७१ लाख रुपैयाँ कमाउन सफल भएको छ । यो गत वर्षको सोहि अवधिको तुलनाभन्दा ३ दशमलव ८२ प्रतिशतले बढी हो । बैंकले गत वर्षको सोहि अवधिमा २० करोड ९८ लाख रुपैयाँ कमाएको थियो ।

१ अर्ब ३८ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडा कोषमा २२ करोड ६२ लाख रुपैयाँ छुट्याएको छ । निक्षेपमा ३२ दशमलव ६५ प्रतिशतले वद्धि गरी १२ अर्ब ३० करोड १५ लाख रुपैयाँ संकलन गरी कर्जामा १० अर्ब ४१ करोड १८ लाख रुपैयाँ लगानी गरेको छ । । बैंकको खुद व्याज आम्दानी ७६ दशमलव ०७ प्रतिशतले बढेर ३६ करोड ८१ लाख रुपैयाँ र सन्चालन मुनाफा १० करोड ७९ लाख रुपैयाँ रहेको छ । बैंकको प्रोभिजनमा १७ करोड १४ लाख रुपैयाँ राखेको छ भने खराबकर्जा २१ करोड १० लाख रुपैयाँ उठाउन सफल भएको छ ।

बैंकको पुँजीकोषमा १ दशमलव ६२ प्रतिशतले बढेर १२ दशमलव ७६ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा २ दशमलव ९१ प्रतिशतले घटेर ३ दशमलव ८३ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २० दशमलव ८९ रुपैयाँ (वार्षिक), मुल्य आम्दानीको अनुापत १० दशमलव ४९ गुणा, प्रतिशेयर नेटवर्थ १ सय १६ दशमलव ३२ रुपैयाँ र तरलता अनुपात २४ दशमल ७८ प्रतिशत रहेको छ ।

प्रकाशित : २२ बैशाख २०७४, शुक्रबार ०६:०५