काठमाडौं, १५ जेठ – सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि विद्युतीय सवारीसाधन (ईभी) मा लाग्दै आएका भन्सार तथा अन्य करहरू यथावत राख्ने निर्णय गरेको छ। बुधबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युतीय सवारीसाधनको प्रवर्द्धनलाई निरन्तरता दिन कर संरचना परिवर्तन नगरिएको जानकारी दिए।
“विद्युतीय सवारीसाधनलाई प्रोत्साहित गर्न यस्ता सवारीसाधनमा लाग्दै आएका करलाई यथावत राखिएको छ,” अर्थमन्त्री पौडेलले संसद्मा बजेट भाषणमा भने।
सरकारले विगत केही वर्षदेखि वातावरणमैत्री यातायात प्रणालीलाई प्राथमिकता दिँदै ईभी गाडीमा लाग्ने आयशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट), भन्सार शुल्कजस्ता करहरूमा रियायत दिँदै आएको छ। यस नीतिका कारण बजारमा विद्युतीय सवारीको माग बढ्दो क्रममा छ।





Comment