विद्युतीय सवारीसाधनमा कर यथावत : सरकारले वातावरणमैत्री यातायातलाई प्राथमिकता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अटो

विद्युतीय सवारीसाधनमा कर यथावत : सरकारले वातावरणमैत्री यातायातलाई प्राथमिकता

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं, १५ जेठ – सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि विद्युतीय सवारीसाधन (ईभी) मा लाग्दै आएका भन्सार तथा अन्य करहरू यथावत राख्ने निर्णय गरेको छ। बुधबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युतीय सवारीसाधनको प्रवर्द्धनलाई निरन्तरता दिन कर संरचना परिवर्तन नगरिएको जानकारी दिए।

“विद्युतीय सवारीसाधनलाई प्रोत्साहित गर्न यस्ता सवारीसाधनमा लाग्दै आएका करलाई यथावत राखिएको छ,” अर्थमन्त्री पौडेलले संसद्‍मा बजेट भाषणमा भने।

सरकारले विगत केही वर्षदेखि वातावरणमैत्री यातायात प्रणालीलाई प्राथमिकता दिँदै ईभी गाडीमा लाग्ने आयशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट), भन्सार शुल्कजस्ता करहरूमा रियायत दिँदै आएको छ। यस नीतिका कारण बजारमा विद्युतीय सवारीको माग बढ्दो क्रममा छ।

प्रकाशित : १५ जेष्ठ २०८२, बिहिबार १७:४६ 29 May, 2025 5:46 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।