महिलाको नाममा व्यवसाय दर्ता र नवीकरण अब निःशुल्क « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

महिलाको नाममा व्यवसाय दर्ता र नवीकरण अब निःशुल्क



काठमाडौं । अब महिलाले आफ्नो नाममा व्यवसाय दर्ता वा नवीकरण गर्दा कुनै शुल्क तिर्नु नपर्ने भएको छ। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै महिलाको नाममा हुने व्यवसाय दर्ता तथा नवीकरण निःशुल्क गरिने घोषणा गरेका हुन्।

सरकारले पछिल्ला वर्षहरूमा महिलाको आर्थिक सशक्तिकरण र सम्पत्ति स्वामित्वमा पहुँच बढाउने उद्देश्यसहित कर नीतिमा विभिन्न सहुलियत दिँदै आएको छ।

बजेटमार्फत प्रस्तुत गरिएको यो व्यवस्था महिलाहरूलाई उद्यमशीलता र स्वरोजगारतर्फ प्रोत्साहन गर्ने सरकारको लक्ष्यसँग जोडिएको छ। यसले महिला उद्यमीहरूको संख्या बढाउने तथा आर्थिक समावेशीकरणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित : 29 May, 2025 4:26 pm