नेपाल इन्स्योरेन्सको अध्यक्षमा चन्द्र सिंह साउद सर्वसम्मतिले चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

नेपाल इन्स्योरेन्सको अध्यक्षमा चन्द्र सिंह साउद सर्वसम्मतिले चयन



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्षमा चन्द्र सिंह साउद सर्वसम्मतिबाट चयन भएका छन्। कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले साउदलाई सर्वसम्मतिबाट अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

सोही बैठकले संस्थापक शेयरधनी नेपाल बैंक लिमिटेडको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा समता पन्तलाई प्रतिनिधित्व गर्ने गरी कम्पनीको सञ्चालक समितिमा मनोनयन गरिएको जानकारी दिएको छ।

प्रकाशित : 27 May, 2025 11:59 am