सुनको भाउ घट्याे, कतिमा भइरहेकाे छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सुनको भाउ घट्याे, कतिमा भइरहेकाे छ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन एक लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा एक लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउ भने १० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १९ सय ९५ रुपैयाँमा कायम भएको छ । हिजो चाँदी तोलाको २ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : 27 May, 2025 11:47 am