सुनको मूल्य बढ्दा चाँदीकाे कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य बढ्दा चाँदीकाे कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ ।

आइतबार १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोवार भैइरहेको छ । यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार १९ सय ४५ रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।

प्रकाशित : 19 May, 2025 11:02 am