धितोपत्र बोर्डले न्यादी हाइड्रोपावरको सेयर बिक्री स्थगित गर्न दियो निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

धितोपत्र बोर्डले न्यादी हाइड्रोपावरको सेयर बिक्री स्थगित गर्न दियो निर्देशन



काठमाडौं । नेपाल धितोपत्र बोर्डले न्यादी हाइड्रोपावरको सेयर बिक्री कार्य हाललाई स्थगित गर्न निर्देशन दिएको छ। धितोपत्र बोर्डले एक सूचना जारी गर्दै बुटवल पावरलाई सेयर बिक्री कार्य स्थगित गर्न निर्देशन दिइएको हो।

सूचनामा ‘बुटवल पावरका सञ्चालकहरु न्यादी हाइड्रोपावरमा समेत सञ्चालक रहेको देखिएको छ, त्यसैले बुटवल पावरले न्यादी हाइड्रोपावरको शेयर बिक्री गर्ने कार्य धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ को उपनियम ९१क०विपरीत हुनेहुदाँ यस सम्बन्धमा कम्पनीको धारणासहित यथार्थ विवरण पेस गर्न र हाललाई उक्त शेयर बिक्री गर्ने कार्य स्थगन गर्न निर्देशन दिइएको धितोपत्र बोर्डले जनाएको छ।

प्रकाशित : 14 May, 2025 5:27 pm