नेशनल लाइफको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेशनल लाइफको लाभांश घोषणा



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । वैशाख ३१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो।

बैठकले आर्थिक वर्ष २०८०/८१का लागि कम्पनीका सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७८९४७३ प्रतिशत नगद लाभांशबाट समायोजन गरिने कम्पनीले जनाएको छ ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

प्रकाशित : 14 May, 2025 4:48 pm