काठमाडौं । आज साताको पहिलो दिन सेयर बजार घटेर बन्द भएको छ। आइतबार नेप्से परिसूचक ११.५३ अंकले घटेर २६५०.११ को विन्दुमा झरेर बन्द भएको हो।
आज ८२ कम्पनीको सेयरमुल्य बढेको छ भने १६४ कम्पनीको सेयर मूल्य घटेको छ । आज ३०० कम्पनीको दुई करोड ४० लाख ११ हजार १४ कित्ता सेयर किनबेच हुँदा १० अर्ब २० करोड माथिको सेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ। आज यस कम्पनीको ६६ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ। ङादी ग्रुप पावरको ६० करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने युनिभर्सल पावरको ५४ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीक्रे, ष्ट माइक्रो लाइफ, हिमालयन हाइड्रोपावरका लगानीकर्ता, जोशी हाइड्रो र ओम मेगा श्री कम्पनीको सेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा हरियाली छायो भने ८ वटा समूहमा राताम्मे छन् । होटल समूह आज सर्वाधिक अर्थात ६.५० प्रतिशतले बढ्यो । विकास बैंक समूह पनि आज १.२७ प्रतिशत,जीवन बीमा ०.३१,निर्जीवन बीमा ०.०६ र व्यापार समूह ०.२० प्रतिशतले बढ्यो ।
फाइनान्स समूह आज सर्वाधिक अर्थात ३.७२ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.५१, हाईड्रोपावर १.२६,लगानी १.५५,उत्पादन तथा प्रशोधन ०.३९,लघुवित्त ०.०९,म्युचुअल फण्ड ०.२८ र अन्य समूह १.५८ प्रतिशतले घट्यो ।





Comment