काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १२.६३१५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।
जसमध्ये १२ प्रतिशत बोनस सेयर रहेको छ भने ०.६३१५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।





Comment