काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ३.५८ अंक बढेर २६६१.६० विन्दुमा पुगेको हो । त्यस्तै, आज सेन्सेटिभ इण्डेकस १.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४५ अंक बढेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। गत बिहीबार सात अर्ब ८७ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३१४ कम्पनीको १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार रुपैयाँबराबरको दुई करोड ८४ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य आज सर्वाधिक घटेको छ।
कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ८६ करोड १७ लाख ३८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे ५६ करोडको शेयर कारोबार भएको छ भने राधी विद्युत कम्पनीको कारोबार रकम ५६ करोड माथि भएको छ।





Comment