सेयर बजार घट्ने क्रम जारी, काराेबार रकम पनि खुम्चियाे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार घट्ने क्रम जारी, काराेबार रकम पनि खुम्चियाे



काठमाडौं । बुधबार सेयर बजार ओरालो लागेको छ। आज नेप्से परिसूचक ३२.३८ अंक घटेर २६५५.९४ विन्दुमा झरेको हो। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ५.८६ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९४ अंक घटेको छ।

नेप्सेसँगै कारोबार रकम पनि आज घटेको छ। मंगलबार आठ अर्ब ३२ करोडको सेयर कारोबार भएको बजारमा आज ३०८ कम्पनीको सात अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँबराबरको एक करोड ८४ लाख ७७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ५८ करोड १९ लाख ८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे ५१ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ भने ङादी ग्रुप पावरको करिब ४१ करोडको सेयर किनबेच भएको छ।

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक घटेको छ।

१३ उपसमूहमध्ये म्युचुअल फण्ड र उत्पादन तथा प्रशोधन उपसमूहबाहेक सबै उपसमूहको परिसूचक आज घटेको छ। म्युचुअल फण्ड उपसमूहको परिसुचक ०.२१ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधनको ०.३९ अंक बढेको छ। विकास बैंक उपसमूहको परिसूचक आज सर्वाधिक २.०९ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रकाशित : 23 April, 2025 3:37 pm