नेशनल माइक्रोफाइनान्सको मुनाफा १०८ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेशनल माइक्रोफाइनान्सको मुनाफा १०८ प्रतिशतले वृद्धि



काठमाडौ, १७ वैशाख । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था (National Microfinance Bittiya Sanstha Ltd) ले तेस्रो त्रैमासमा खुद मु्नाफामा ५ करोड ५८ लाख रुपैयाँ कमाएको छ जुन गत वर्षको तुलनाभन्दा १ सय ०४ दशमलव ८३ प्रतिशतले वृद्धि भएको हो । जसले अघिल्लो गत वर्षको सोहि अवधिमा मुनाफा २ करोड ७२ लाख रुपैयाँ आर्जन गरेको थियो ।

१० करोड रुपैयाँ चुक्ता पूँजी भएको नेशनल माइक्रोफाइनान्सले जगेडाकोषमा १० करोड ४० लाख रुपैयाँ राखेको छ । निक्षेपमा २ सय २४ प्रतिशतले वृद्धि गरी २४ करोड ३० लाख रुपैयाँ संकलन गरिएको छ । जसले कर्जामा १ अर्ब ४५ करोड ९५ लाख रुपैयाँ लगानी गरेको छ । नेशनल माइक्रोफाइनान्सको खुद व्याज आम्दानीमा ७७ दशमलव ५८ प्रतिशतले बढेर १० करोड ३२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १ सय ०७ दशमलव १४ प्रतिशतले वृद्धि गरेर ८ करोड ७८ लाख रुपैयाँ पुर्याएको छ । यस माइक्रोफाइनान्सले प्रोभिजनमा ५३ लाख रुपैयाँ राखेको छ ।

नेशनल माइक्रोफाइनान्स (NMBSL) को जोखिम युत्त सम्पत्ति १४ दशमलव १० प्रतिशत रहेको छ भने निष्कृय कर्जा शुन्य दशमलव ५६ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी वार्षिक ७४ दशमलव ५३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ९ दशमलव ३० गुणा, प्रतिशेयर नेटवर्थ २ सय ४ दशमलव ०३ रुपैयाँ र तरलता अनुपात १७ दशमलव ०७ प्रतिशत रहेको छ ।

प्रकाशित : १७ बैशाख २०७४, आईतवार ०४:१३