नेप्से परिसूचक सामान्य अंकले घट्याे, कारोबार रकम ५ अर्ब ३० करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचक सामान्य अंकले घट्याे, कारोबार रकम ५ अर्ब ३० करोड



काठमाडाैं । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। सोमबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

मंगलबार नेप्से परिसूचक ३.४४ अंक घटेर २६६६.६१ विन्दुमा झरेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३३ अंक घटेको छ।आज १२१ कम्पनीको सेयर मूल्य बढेको छ भने १२३ कम्पनीको सेयर मूल्य बढेको छ ।

नेप्सेसँगै आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन साढे पाँच अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा आज ३२१ कम्पनीको पाँच अर्ब ३० करोड ९५ लाख ६८ हजार रुपैयाँबराबरको एक करोड छ लाख ४३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक परिसूचक घटेको छ। आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशत बढेको छ। त्यस्तै, वित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ।

आज तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज बोटलर्स नेपाल ९बालाजु०, विन नेपाल लघुवित्त वित्तीय संस्था र नेपाल माइक्रो इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, आज बाराही हाइड्रोपावर पब्लिकको सेयरमूल्य सर्वाधिक घटेको छ।

कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ५९ करोड १४ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ। त्यस्ते, हिमालयन रि इन्स्योरेन्सको साढे ४० करोडभन्दा बढीको सेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको २३ करोडभन्दा बढीको सेयर किनबेच भएको छ।

प्रकाशित : 8 April, 2025 3:47 pm