पैतीस बर्षपछि ‘नेचुङ’ भन्सार सञ्चालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पैतीस बर्षपछि ‘नेचुङ’ भन्सार सञ्चालनमा



काठमाडौं ।पैतीस बर्षपछि मुस्ताङ जिल्लाको छोसेर गाविसमा रहेको ‘नेचुङ’ भन्सार सञ्चालनमा आएको छ । असार ७ गतेदेखि नेपाल र तिब्बतको सीमा क्षेत्रमा सुरु भएको साताव्यापी अन्तर्देशीय व्यापार मेलाको पूर्वसन्ध्यामा छोसेर गाविसमा भन्सार कार्यालय खुलेको हो ।

 

व्यापार मेलामा हुने कारोबारलाई करको दायरामा लिन र आगामी दिनमा सीमाा क्षेत्रमा हुने अवैध कारोबारलाई नियन्त्रण गर्न भन्सार कार्यालय सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी नरहरि बरालले जानकारी दिए ।

अघिल्ला बर्षमा व्यापार मेलामा हुने सबै कारोबार ‘जिरो राजस्व’ मा नेपाल भित्रिने गर्थे । भन्सार तिर्नु नपर्ने भएपछि मोटरसाइकल, निर्माण सामाग्री, फनिर्चरदेखि लत्ताकपडा बढी भित्रिने गरेका थिए । यही सीमाबाट भित्रिएका मोटरसाइकल जोमसोम, लोमान्थाङलगायतका क्षेत्रमा निर्वाध रुपमा चल्ने गरेका छन् ।

मेलाबाट नेपाल भित्रिने सम्पूण्ाँसामान अहिले भन्सार तिरेरमात्र आउने गरेका छन् । आगामी सेप्टेम्बर महिनामा पनि नेपाल र चिनियाँ व्यापारीले त्यहा मेला आयोजना गर्छन् । मेलामा नेपालीले यार्सागुम्बा, गलैचा र पस्मिनालगायतका सामान बिक्री वितरण गरेको बताइएको छ ।

सीमा क्षेत्रका नागरिकका समस्या र समाधानका भन्सारसहित सीमा प्रशासन कार्यालय पनि सञ्चालनमा आएको छ । सीमा प्रशासन कार्यालय त्यस क्षेत्रमा नहुदा उपल्लो मुस्ताङका नागरिकले सानो कामका लागि जोमसोम आउनुपर्ने बाध्यता थियो । सीमा प्रहरी चौकी भने यसअघिदेखि नै सक्रिय रहदै आएको छ ।

प्रकाशित : १३ असार २०७२, आईतवार १२:४२