काठमाडौं, १३ वैशाख । ग्लोबल आइएमई बैंक लिमिटेडले आव २०७३/७४ को तेस्रो त्रैमासमा खुद मुनाफा १ अर्ब ४७ करोड ६० लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ४३ दशमलव ०२ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा १ अर्ब ३ करोड २३ लाख रुपैयाँ कमाएको थियो ।
७ अर्ब २४ करोड २६ लाख रुपैयाँ चुक्ता पूँजी भएको ग्लोबल आइएमई बैंकले जगेडाकोषमा ३ अर्ब १२ करोड १ लाख रुपैयाँ छुटाएको छ । बैंकले निक्षेपमा २६ दशमलव ८६ प्रतिशतले वृद्धि गरी ८५ अर्ब ८१ करोड १२ लाख रुपैयाँ संकलन गरेर ७३ अर्ब १३ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । जसले खुद व्याज आम्दानीमा २८ दशमलव ३० प्रतिशतले बढेर २ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४५ दशमलव ०८ प्रतिशतले बढेर १ अर्ब ९६ करोड ३० लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ३० करोड ५७ लाख रुपैयाँ राखेको छ भने २७ करोड ९५ लाख रुपैयाँ खराबकर्जा उठाएको छ ।
ग्लोबल आइएमई बैंकको निष्कृय कर्जा शुन्य दशमलव ४ प्रतिशतले घटेर १ दशमलव ५३ प्रतिशत रहेको छ भने जोखिम युक्त सम्पत्ति शुन्य दशमलव ६२ प्रतिशतले घटेर १२ दशमलव १६ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २७ दशमलव १७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १५ दशमलव ७५ गुणा, प्रतिशेयर नेटवर्थ १५३ दशमलव ७४ रुपैयाँ र तरलता अनुपात २८ दशमलव ५४ प्रतिशत रहेको छ ।
Comment