काठमाडाै १३ बैशाख । सेञ्चुरी कमर्सियल बैंकले ग्राहकहरुलाई नयाँ वर्षको उपहारस्वरुप सेञ्चुरी बैंकको बचत खातामा ८ प्रतिशत ब्याज दिने भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा अधिकतम प्रतिफल प्रदान गर्ने उद्दश्यले सेञ्चुरीका अन्य सबै प्रकारका बचत खाताको ब्याजमा समेत उच्च दरले वृद्धि गरेको जानकारी दिएको हो ।
गत साल फाल्गुण २६ गते काठमाण्डौ पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१ औं वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा ए.टी.एम्, १३ वटा शाखारहित बैंकिङ्ग र ४ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । साथै, ४ वटा बैंक तथा वित्तीय संस्थालाई प्राप्ती गरेपछि बैंकको शाखा संजाल ९० वटा हुनेछन् ।
Comment