अत्याधुनिक प्रणाली मार्फत पानीपोखरीहरूको व्यवस्थापन र नयाँ वितरण सञ्जाल संचालन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

प्रविधी

अत्याधुनिक प्रणाली मार्फत पानीपोखरीहरूको व्यवस्थापन र नयाँ वितरण सञ्जाल संचालन

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका १५ वटा पानीपोखरीहरूको व्यवस्थापन अत्याधुनिक प्रणाली मार्फत गर्ने व्यवस्था गरेको छ ।

साथै, काठमाडौं उपत्यकाका अग्ला र होचा स्थानहरूमा रहेका पानीपोखरीहरूबाट प्रवाह हुने मेलम्चीको पानी समानुपातिक किसिमले वितरण गर्नका लागि निर्देशनालयबाट विच्छ्याइएका नयाँ वितरण सञ्जालका पाइपलाइनको संचालन समेत अत्याधुनिक प्रणाली मार्फत गर्ने व्यवस्था मिलाइएको छ ।

सोही व्यवस्था अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पानीपोखरीस्थित शाखा कार्यालयमा निर्माण गरिएको नियन्त्रण कक्ष बाट अत्याधुनिक प्रणाली मार्फत पानीपोखरीहरूको व्यवस्थापन र वितरण सञ्जालको संचालन गर्न थालिएको छ ।

साथै, अत्याधुनिक प्रणाली मार्फत मेलम्चीको पानीको आपूर्ति सम्बन्धी विवरण सहितको प्रत्यक्ष जानकारी काठमाडौं उपत्यका खानेपानी लिमिटेडको केन्द्रीय कार्यालय, त्रिपुरेश्वरबाट समेत लिन सकिने व्यवस्था गरिएको छ ।

यसैगरी, अत्याधुनिक प्रणाली मार्फत उपत्यकाका १५ वटै पानीपाखरीहरूमा पानीको धमिलोपना र क्लोरिन कन्टेन्ट परीक्षण गरी गुणस्तर मापन गर्ने व्यवस्था गरिएको छ ।

यस्तै, नमूनाका रूपमा चःमती र अनामनगर क्षेत्रका उपभोक्ताका घरहरूमा जडान गरिएका धाराहरूमा स्वचालित विद्युतीय मिटर जडान गर्ने कार्य समेत गरिएको छ ।

प्रकाशित : ४ चैत्र २०८१, मंगलबार १६:२४ 18 March, 2025 4:24 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।